१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

पञ्जाबमा आपको सरकार बन्ने

पञ्जाबमा आपको सरकार बन्ने
अ अ+ अ-

भारतमा  उत्तर प्रदेश, पञ्जाबलगायत पाँच राज्यमा भएको विधानसभा चुनावको नतिजा आउँदैछ ।

प्रारम्भिक नतिजाले भाजपा एक पटक फेरि यूपी, उत्तराखण्ड, गोवा र मणिपुरमा सरकार बनाउन गइरहेको देखिन्छ । 

पञ्जाबमा आम आदमी पार्टी (आप)को सरकार बन्ने करिब निश्चित भएको छ । पञ्जाबमा आम आदमी पार्टीले व्यापक अग्रता लिएको छ । त्यहाँ सो पार्टीले ९० सिटमा अग्रता लिएको छ । 

कुल ११७ सिटका लागि भएको मतदानमा आम आदमी पार्टीले करिब दुई तिहाइ सिट ल्याउने देखिएको छ । दुई तिहाइ पुर्याउन आवश्यक ७८ सिटभन्दा बढी स्थानमा उसको बढत रहेको छ । त्यहाँ उसको सरकार स्पष्टरुपमा बन्ने देखिन्छ । त्यस्तै मणिपुरमा भाजपाले अग्रता लिइरहेको समाचारमा जनाइएको छ ।

उत्तर प्रदेशमा बीजेपी बहुमतको बलमा लगातार दोस्रो पटक सत्तामा आउँदैछ । कुल ४०३ स्थानका लागि भएको मतदानमा भाजपाले २५१ स्थानमा अग्रता बनाएको छ । यूपीमा बहुमतको सरकार बनाउन २०२ सिट भए पुग्छ ।

भाजपाले उत्तराखण्ड र गोवामा पनि पुनः सरकार बनाउने अवस्था देखिएको छ । 

उत्तराखण्डको कुल ७० सिटका लागि भएको विधानसभा निर्वाचनमा भाजपाले ४१ स्थानमा अग्रता कायम गरेको छ । उत्तराखण्डमा बहुमतको सरकार बनाउन ३६ स्थानमा जित्नुपर्ने हुन्छ ।

त्यसैगरी गोवामा भाजपाले १८ स्थानमा अग्रता लिएको छ । कुल ४० स्थानका लागि भएको निर्वाचनमा आवश्यक बहुमत पुर्याउन २१ सिट चाहिन्छ । मणिपुरको विधानसभाका लागि भएको निर्वाचनमा पनि भाजपाले अग्रता लिइरहेको जनाइएको छ । एजेन्सी