२८ कार्तिक २०८१, बुधबार
,
Latest
गाडी दुर्घटना गरेर प्रकाश भुजेल फरार चकलेट पाउँदा आफूलाई मनिषा झैँ ठानेँः विपना थापा ज्वालामुखी विस्फोटपछि बालीतर्फ जाने उडान रद्द निर्मला पन्त प्रकरण: प्रत्यक्षदर्शी भएको दाबी गर्ने व्यक्ति पक्राउ बक्यौता नतिरे १५ दिनपछि फेरि उद्योगको लाइन काट्छौँ: कुलमान घिसिङ निर्मला पन्त प्रकरणको प्रत्यक्षदर्शी दाबी गर्ने व्यक्ति पक्राउ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गरिनेछः प्रधानमन्त्री आत्मसमीक्षासहित जनताको घरमा जान कार्यकर्तालाई अध्यक्ष दाहालको निर्देशन प्रधानमन्त्री ओली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी पर्वतीय मुलुकका नागिरकले भोगेको समस्या प्राकृतिक स्रोत दोहन गरेर धनी भएका मुलुकका कारण: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भवतीको घरमै भिडियो एक्स–रे सेवा



अ+ अ-

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ । नपाले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवासमेत उपलब्ध गराएको हो ।

गर्भवती महिलाको घरमै भिडियो सेवासहितको गर्भजाँच कार्यक्रमको नपास्थित वडा नं १ अनैकोट र १३ नं वडाको कोशीदेखाबाट शुरु गरिएको नपा उपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो । उहाँले भन्नुभयो, “नपाभित्रका गर्भवती महिलाको गर्भजाँच स्वास्थ्यकर्मी टोलीले भिडियोसहित शुक्रबारबाट काम शुरु गरेका छन् ।”

उहाँका अनुसार समयतालीका बनाएर गर्भवती महिलाको घरमै गई सेवा दिइनेछ । ‘गर्भवती घरदैलो सेवा’ कार्यक्रमअन्तर्गत शुरुमा गर्भवती महिला पहिचान गरी सूचीकृत गरिनेछ । त्यसपछि हप्ताको एक दिन एउटा वडामा पुगेर गर्भवती महिलाको गर्भजाँच सेवा दिइने उपप्रमुख दनुवारले जानकारी दिनुभयो ।

एक महिलाले कम्तीमा तीनपटक गर्भजाँच गराउनुपर्ने हुन्छ । सोहीअनुसार नपाले एक महिला गर्भवती भएपछि उनको गर्भ तीनपटक भिडियो एक्से–रे गरेर जाँच गरिनेछ । गर्भजाँचका क्रममा गर्भवती महिलाको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा रहेको पाइए पाँचखालस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क उपचार गराइने र उक्त केन्द्रमा उपचार सम्भव नभए अन्य अस्पतालमा सिफारिश गरिने व्यवस्था मिलाइएको छ ।

नपाभित्रका अधिकांश गर्भवती महिलाले गर्भजाँच नगराएको पाइएपछि अकालमै आमा र बच्चाको मृत्यु नहोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको नपा उपप्रमुख दनुवारले बताउनुभयो । ‘गर्भवती घरदैलो सेवा’ कार्यक्रमसँगै प्रत्येक वडामा नगर कार्यपालिका प्रतिनिधि तथा स्वास्थ्य कर्मचारीको सहभागितामा घुम्ती बैठक गरिने भएको छ ।

“घुम्ती बैठकबाट वडामा देखिएका स्वास्थ्य समास्याबारे छलफल गरी समाधनका उपाय खोजिनेछ”, नपा उपप्रमुख दनुवारले भन्नुभयो । १४ वडा रहेको पाँचखाल नगरमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र छ भने प्रत्येक वडामा एउटा स्वास्थ्यचौकी छन् ।