१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

याक एण्ड यतिबाट समातिएका १२ भारतीयलाई छुटाउन आफन्तले स्वराजलाई बुझाए पत्र

याक एण्ड यतिबाट समातिएका १२ भारतीयलाई छुटाउन आफन्तले स्वराजलाई बुझाए पत्र
अ अ+ अ-

काठमाडौंं । होटल याक एण्ड यतिबाट १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको नागरिकलाई छुटाउन भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई माग गरेका छन् ।

नेपालमा बसेर अवैधानिक रुपले नेटवर्किङ व्यवसायमा संलग्न रहेको आरोपमा गत वैशाख २७ गते राति ११ बजे महानगरीय प्रहरी परिसर काठमाडौँ, अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र महानगरीय प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले
१२ जना भारतीय नागरिकलाई पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेहरुमा भारत लखनउ घर भएका वर्ष ३३ को अजित कुमार सिंह, भारत इलाहावाद घर भएका वर्ष ३२ को मोहमद सारजिल, भारत छत्तिसगढ घर भएका वर्ष ४५ को निरज कुमार मिश्र, भारत उत्तरप्रदेश घर भएका वर्ष ४३ को अशोक कुमार, भारत छत्तिसगढ घर भएका वर्ष ४३ को गिरि उपाध्याय छन् ।

यस्तै भारत उत्तर प्रदेश घर भएका वर्ष ४० को रमेश रामा, छत्तिसगढ गुजरात घर भएका वर्ष २२ को आयुष उपाध्याय, उत्तर प्रदेश घर भएका वर्ष ३८ को सुनिल उपाध्याय, उत्तरप्रदेश घर भएका वर्ष ३२ को काशिफ सकिल, वर्ष ३२ को गजेन्द्र कुमार सिंह र नयाँदिल्ली घर भएका वर्ष ४३ को रसिद नसिम रहेका छन् ।

परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार रसिद याक एण्ड यतीमा नबसी दैनिक भण्डै रु दुई लाख तिरेर हायत रिजेन्सी होटलमा कोठा लिएर बसेको समेत प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । उनिहरुको साथबाट केही ल्यापटप र १७ थान क्यामरा बरामद गरेको छ ।

हालसम्म उनिहरुबाछ तीन जनाले महानगरीय प्रहरी परिसरमा रु एक करोड २३ लाख ठगी भएको भन्दै उजुरी दर्ता गराएका छन् ।

यता भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले पक्राउ परेकाहरुको परिवारले स्वराजलाई इमेलमार्फत पत्र पठाइसकेको जनाएको छ ।

‘हामीले पूर्ण विवरणसहित इमेल लेखेर सुष्मा स्वराजलाई पठाएका छौँ । हामीले हाम्रो मान्छे फिर्ता ल्याउन विदेश मन्त्रालयको सहयोगको आशा गरेका छौँ,’ पक्राउ परेका अभियुक्त गजेन्द्र सिंहका भाइ देवेन्द्रले हिन्दुस्तान टाइम्सलाई बताए ।

उनीहरुका परिवारले नयाँ दिल्लीस्थित विदेश मामिला मन्त्रालयका अधिकारीहरुलाई उक्त घटनाको बारेमा जानकारी गराएका छन् ।

‘उनीहरु नेपालमा तीन दिने व्यवसायिक कार्यशालामा सहभागि हुन गएका थिए । तर उनीहरुलाई नेपाली महेन्द्र सिंहले उजुरी दर्ता गराएपछि पक्राउ परेका हुन्,’ देवेन्द्रले बताए ।