५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

याक एण्ड यतिबाट समातिएका १२ भारतीयलाई छुटाउन आफन्तले स्वराजलाई बुझाए पत्र



अ+ अ-

काठमाडौंं । होटल याक एण्ड यतिबाट १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको नागरिकलाई छुटाउन भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई माग गरेका छन् ।

नेपालमा बसेर अवैधानिक रुपले नेटवर्किङ व्यवसायमा संलग्न रहेको आरोपमा गत वैशाख २७ गते राति ११ बजे महानगरीय प्रहरी परिसर काठमाडौँ, अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र महानगरीय प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले
१२ जना भारतीय नागरिकलाई पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेहरुमा भारत लखनउ घर भएका वर्ष ३३ को अजित कुमार सिंह, भारत इलाहावाद घर भएका वर्ष ३२ को मोहमद सारजिल, भारत छत्तिसगढ घर भएका वर्ष ४५ को निरज कुमार मिश्र, भारत उत्तरप्रदेश घर भएका वर्ष ४३ को अशोक कुमार, भारत छत्तिसगढ घर भएका वर्ष ४३ को गिरि उपाध्याय छन् ।

यस्तै भारत उत्तर प्रदेश घर भएका वर्ष ४० को रमेश रामा, छत्तिसगढ गुजरात घर भएका वर्ष २२ को आयुष उपाध्याय, उत्तर प्रदेश घर भएका वर्ष ३८ को सुनिल उपाध्याय, उत्तरप्रदेश घर भएका वर्ष ३२ को काशिफ सकिल, वर्ष ३२ को गजेन्द्र कुमार सिंह र नयाँदिल्ली घर भएका वर्ष ४३ को रसिद नसिम रहेका छन् ।

परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार रसिद याक एण्ड यतीमा नबसी दैनिक भण्डै रु दुई लाख तिरेर हायत रिजेन्सी होटलमा कोठा लिएर बसेको समेत प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । उनिहरुको साथबाट केही ल्यापटप र १७ थान क्यामरा बरामद गरेको छ ।

हालसम्म उनिहरुबाछ तीन जनाले महानगरीय प्रहरी परिसरमा रु एक करोड २३ लाख ठगी भएको भन्दै उजुरी दर्ता गराएका छन् ।

यता भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले पक्राउ परेकाहरुको परिवारले स्वराजलाई इमेलमार्फत पत्र पठाइसकेको जनाएको छ ।

‘हामीले पूर्ण विवरणसहित इमेल लेखेर सुष्मा स्वराजलाई पठाएका छौँ । हामीले हाम्रो मान्छे फिर्ता ल्याउन विदेश मन्त्रालयको सहयोगको आशा गरेका छौँ,’ पक्राउ परेका अभियुक्त गजेन्द्र सिंहका भाइ देवेन्द्रले हिन्दुस्तान टाइम्सलाई बताए ।

उनीहरुका परिवारले नयाँ दिल्लीस्थित विदेश मामिला मन्त्रालयका अधिकारीहरुलाई उक्त घटनाको बारेमा जानकारी गराएका छन् ।

‘उनीहरु नेपालमा तीन दिने व्यवसायिक कार्यशालामा सहभागि हुन गएका थिए । तर उनीहरुलाई नेपाली महेन्द्र सिंहले उजुरी दर्ता गराएपछि पक्राउ परेका हुन्,’ देवेन्द्रले बताए ।