२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता प्रतिनिधि सभा अन्तर्राष्ट्रिय श्रम सम्बन्धि दुई वटा प्रोटोकल पेस अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छः पर्यटनमन्त्री पौडेल ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान आर्थिक विधेयकमा अनधिकृत हस्तक्षेप भएको पुनको आरोप, छानबिन समिति गठन गर्न माग निजी क्षेत्रको लगानी र पुँजीगत खर्च वृद्धि विना विकास असम्भवः सांसद गजुरेल अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंका विस्फोटमा मृत्यु भएकाहरूको सम्झनामा नेपालीले गरे दीप प्रज्वलन



अ+ अ-

काठमाडौं । गत महिना श्रीलंकाको चर्च र होटलहरुमा भएको श्रृंखलावद्ध बम विष्फोटमा परि मृत्यु भएकाहरुको सम्झनामा नेपालीहरु समुदायले दीप प्रज्वलन गरेका छन् ।

विस्फोट भएको मध्ये कोलम्बोको कोच्चिकाडेमा रहेको एन्थनी चर्चमै नेपाली समुदायले आइतबार दीप प्रज्वलन गरेका हुन् ।

कार्यक्रमका सचिव अजय कार्कीले कठिन परिस्थितिमा श्रीलंकाका नागरिकको साथमा छौं भन्ने श्लोगनका साथ दीप प्रज्वलन गरिएको बताए ।

गत वैशाख ८ गते राजधानी कोलम्बोका तीनवटा चर्च र तीन वटा होटलमा इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला कम्तीमा ६ स्थानमा श्रृंखलावद्ध विस्फोट भएको थियो ।

कोलम्बोको सेन्ट एन्थोनी, कतुवपितिया र बाटिकालोआ चर्च र सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा गराइएको विष्फोटमा करिब ३०० जनाको मृत्यु भएको थियो ।