५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

होन्डुरसमा उडेलगत्तै विमान खस्यो , ५ जनाको मृत्यु



अ+ अ-

होन्डुरस । होन्डुरसको रोटान द्वीपमा एउटा सानो बिमान दुर्घटनाग्रस्त हुँदा चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलटको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा ब्राड्ली पोस्ट, बेली सोनी, टमी डब्लर तथा पाइलटद्वय प्याट्रिक फोरसेठ र एन्थोनी डब्लर रहेका छन् ।

प्रहरीका अनुसार रोटानको विमानस्थलबाट उडेको केही मिनेटभित्रै उक्त विमान डिक्सन कोभ शहर नजिक दुर्घटनाग्रस्त भएको थियो ।

उक्त जहाज रोटानबाट करिब ७७ किलोमिटर टाढाको अर्को शहर ट्रुजिल्लोतर्फ गइरहेको थियो ।