२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद ‘बीटुबी’ र एकीकृत वित्तीय प्रणालीमा आइएमईको ध्यान, नवप्रवर्तनमा जोड दिन अध्यक्ष ढकालको आग्रह नेपाल–चीनबीच कृषि तथा वन क्षेत्रको सहकार्य विस्तारबारे छलफल कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह कर्णालीका स्थानीय तहमा २८ प्रतिशत कर्मचारी अभाव, १ हजार ३६३ दरबन्दी रिक्त इमान्दारी र समर्पण भए असम्भव केही छैनः अध्यक्ष ढकाल आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम… धमाधम बक्यौता तिर्दै औद्योगिक क्षेत्रका उद्योग ग्लोबल कन्ज्युमर एक्स्पो आजदेखि भृकुटीमण्डपमा, ३५ हजारभन्दा बढी आगन्तुक भित्रिने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा ऐँसेलु टिप्दै बाबुराम, फोटो भयो भाइरल (फोटो फिचर)



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई गाँउ फर्किएका छन् । महिनामा कम्तीमा एक पटक आफ्नो निर्वाचन क्षेत्र पुग्ने गरेका उनि यसपटक पनि स्थानीयका समस्या बुझ्न गएका हुन् ।

फरक काम गरेर आफुलाई चर्चाको शिखरमा राख्ने भट्टराई यतिखेर पनि सामाजिक संजालमा निकै चर्चा कमाइरहेका छन् । यसपटक उनलाई चर्चामा लाउने काम फोटोले गरेको छ । भट्टराईले गोरखा सिरानचोक गाउँपालिका –१ केराबारी जंगलमा यात्रामा ऐँसेलु टिपेर बाल्यकालको स्मरण गरेका फोटाहरु यति बेला भाइरल भएको छ ।


उनले सामाजिक संजालमा लेखेका छन्– ”उत्तरी गोरखाको केराबारी जंगलमा अर्गानिक ऐँसेलु टिपेर खाँदा बाल्यकालको गोठाले जीवनको याद।” भट्टराईले थप लेखेका छन्– ”पूर्वाधार विकास गर्न सके कृषि पर्यटन विकासको संभावनाको सुन्दर परिकल्पना।” ऐँसेलु खाएको फोटो उनले फेसबुक र ट्वीटरमा राखेका छन्।

अर्थमन्त्री भएदेखि नै भट्टराई महिनाको एक पटक गोरखाका भिन्नभिन्न गाउँ पुगेर जनताकै घरमा खाने र बास बस्ने गरेका छन्।