२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता प्रतिनिधि सभा अन्तर्राष्ट्रिय श्रम सम्बन्धि दुई वटा प्रोटोकल पेस अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छः पर्यटनमन्त्री पौडेल ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान आर्थिक विधेयकमा अनधिकृत हस्तक्षेप भएको पुनको आरोप, छानबिन समिति गठन गर्न माग निजी क्षेत्रको लगानी र पुँजीगत खर्च वृद्धि विना विकास असम्भवः सांसद गजुरेल अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेमिट्यान्समा २० प्रतिशत वृद्धि, वैदेशिक रोजगारीमा जानेको संख्या भने घट्यो



अ+ अ-

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६ खर्ब ५३ अर्ब १९ करोड रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स २०।९ प्रतिशतले बढेर ६ खर्ब ५३ अर्ब १९ करोड पुगेको हो ।

नेपाल राष्ट्र बैंकले ९ महिनाको तथ्यांकमा आधारित मुलुकको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै रेमिट्यान्स आप्रवाह सुधार भएको जानकारी दिएको हो । उसका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.६ प्रतिशत मात्रैले बढेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स भने बढेको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या यो अवधिमा ३९.३ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या ६.८ प्रतिशतले घटेको थियो ।