२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय पाएन पशुपतिले, १७ हजार रोपनी जग्गाको भाडा वार्षिक ७४ लाख



अ+ अ-

काठमाडौं । पशुपतिनाथका नाममा काठमाडौं उपत्यकामै १८ हजार रोपनी जग्गा छ। आनाकै लाखौं पर्ने यति धेरै जग्गाको आयस्ता अर्बौं हुन सक्छ।

तर, १७ हजार रोपनीबाट भाडा उठ्छ, वर्षको जम्माजम्मी ७४ लाख रुपैयाँ। बरु, एक हजार १२६ रोपनी उपभोग गर्ने त्रिभुवन विमानस्थलले वर्षको करोड तिर्छ। त्यो पनि अति कम हो।

पशुपति क्षेत्र विकास कोषका तीनवटा कार्यालयले वार्षिक ७४ हजार १७ लाख १५३ रुपैयाँ कुत पाउने गरेको कोषाध्यक्ष डा. मीलनकुमार थापाले जानकारी दिए। संस्कृति मन्त्रालयले थापाको संयोजकत्वमा एक वर्षअघि गठन गरेको श्रीपशुपतिनाथको गुठी जग्गा छानबिन तथा संरक्षण समितिले यो विवरण पाएको थियो ।
कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि सञ्चालक परिषदको बैठकमा प्रस्तुत गरिने जानकारी दिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ।