१९ माघ २०८१, शनिबार
,
Latest
काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई रुखले च्यापिँदा बालकको मृत्यु सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय पाएन पशुपतिले, १७ हजार रोपनी जग्गाको भाडा वार्षिक ७४ लाख



अ+ अ-

काठमाडौं । पशुपतिनाथका नाममा काठमाडौं उपत्यकामै १८ हजार रोपनी जग्गा छ। आनाकै लाखौं पर्ने यति धेरै जग्गाको आयस्ता अर्बौं हुन सक्छ।

तर, १७ हजार रोपनीबाट भाडा उठ्छ, वर्षको जम्माजम्मी ७४ लाख रुपैयाँ। बरु, एक हजार १२६ रोपनी उपभोग गर्ने त्रिभुवन विमानस्थलले वर्षको करोड तिर्छ। त्यो पनि अति कम हो।

पशुपति क्षेत्र विकास कोषका तीनवटा कार्यालयले वार्षिक ७४ हजार १७ लाख १५३ रुपैयाँ कुत पाउने गरेको कोषाध्यक्ष डा. मीलनकुमार थापाले जानकारी दिए। संस्कृति मन्त्रालयले थापाको संयोजकत्वमा एक वर्षअघि गठन गरेको श्रीपशुपतिनाथको गुठी जग्गा छानबिन तथा संरक्षण समितिले यो विवरण पाएको थियो ।
कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि सञ्चालक परिषदको बैठकमा प्रस्तुत गरिने जानकारी दिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ।