१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

नेकपाका केन्द्रीय सदस्य प्रहरीको ‘वान्टेड सूची’ मा

नेकपाका केन्द्रीय सदस्य प्रहरीको ‘वान्टेड सूची’ मा
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपाकै एक केन्द्रीय सदस्य प्रहरीको ‘वान्टेड’ सूचीमा परेका छन् । तत्काल कुनै अपराध गरेर होइन, २५ वर्ष अगाडिको एउटा मुद्दामा प्रहरीले ति केन्द्रीय सदस्यलाई प्रक्राउ पुर्जी जारी गरेको हो ।

ति केन्द्रीय सदस्य हुन्, दोलखा गौरीशंकर गाँउपालिका–१ का गंगा कार्की (विश्व) । उनीसँगै दोलखा नेकपाका नेता शंकर लामालाई पनि पक्राउ पुर्जी प्रहरीले जारी गरेको नेता कार्कीले बताए ।

२०५२ साल माघ २ गते तत्कालीन माओवादीले ‘जनयुद्द’ सुरु गर्ने बेला पार्टी नीति अनुसार नै कब्जामा लिएको विस्फोटक पदार्थलाई आधार बनाई ‘खरखजना चोरी मुद्दा’ मा प्रहरीले अहिले कार्की र लामालाई पक्राउ पुर्जी जारी गरेको हो । दोलखा चरिकोट बजारमा सडक निर्माणमा प्रयोगका लागि राखिएको ४२ हजार ७ सय डिटोनेटर, तीन क्विन्टल फ्यूज र ३ वाकस जिलेटिन त्यक्तिबेला तत्कालीन माओवादीले कब्जामा लिएको थियो ।

त्यही विस्फोटक पदार्थको प्रयोग गरी माओवादीले २०५२ फागुन १ मा कतिपय स्थानमा विस्फोट गराएको थियो र जनयुद्दको उद्घोष गरेको थियो ।

०५३ जेठमै उक्त विस्फोटक पदार्थ चोरी गरेको अभियोगमा माओवादी नेता पूर्णबहादुर खड्का, हेमबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुसहित रितबहादुर खड्का (युद्धकै क्रममा मारिएका माओवादी केन्द्रीय सदस्य), गंगा कार्की (विश्व) र शंकर लामालाई प्रहरीले मुद्दा चलाएको थियो ।

प्रक्राउ परेका दुई जनाले दोलखा जिल्ला अदालतको आदेशमा १० वर्षको कैद भुक्तान गरेका थिए। अहिले त्यही आधारमा कार्की र लामालाई फैसला कार्यान्वयनको नाममा प्रहरीले वारेन्ट पुर्जी जारी गरेको हो ।

प्रहरीले वारेन्ट पुर्जी जारी गरिएका कार्की र लामा दुवैको सम्पत्ति रोक्का गरेको छ। प्रक्राउ पुर्जी जारी भएपछि नेता कार्कीले यस विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्थायी समिति सदस्य हरिवोल गजुरेललगायत नेतालाई जानकारी गराएका छन्।

दाहाल र थापाले सत्य निरुपण आयोगले यो मुद्दालाई किनारा लगाउने आश्वासन दिएको कार्कीले बताएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।