नवलपरासी । प्रहरीले एक किशोरीसहित २ महिलालाई बलात्कार गरेको आरोप नवलपरासीका स्थानीयले लगाएका छन् । प्रहरीमाथि कारवाही माग गर्दै स्थानीयले प्रदर्शन गरेपछि २ प्रहरी जवान निलम्बनमा परेका छन् ।
पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयकमा कार्यरत प्रहरी जवानद्वय मास्माण्डु गाउँपालिका–८ डडेलधुराका २५ वर्षीय प्रेम खड्का र दाङ गडवा गाउँपालिका–४ का २३ वर्षीय पाटेश्वर यादवले बैशाख १ गते घाँस काट्न जंगल गएकी १७ वर्षीया किशोरी र २६ वर्षीया युवतीहरूलाई बलात्कार गरेको आरोप लागेको हो ।
पीडित युवतीहरूले घटना भएको एक महिनापछि मात्र प्रहरी समक्ष आफूहरूलाई प्रहरीले नै बलात्कार गरेको उजुरी दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता डिएसपी वीरेन्द्र थापाले बताए ।
स्थानीयले घटना सतहमा आएलगत्तै रक्षक नै भक्षक भएको भन्दै प्रहरी जवानद्वयमाथि कारवाही माग गरेर प्रदर्शन थालेका छन् ।
उपरीक्षक थापाले बलात्कार आरोपित दुवै जवानलाई जबर्जस्ती करणीमा मुद्दा प्रक्रिया अघि बढाइएको बताए ।