२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’ बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न आदेश भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू औद्योगिक क्षेत्रको वक्यौता विवादः अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध विपद् व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्न स्थानीय सरकारलाई नेपाली काँग्रेसको निर्देशन एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद ‘बीटुबी’ र एकीकृत वित्तीय प्रणालीमा आइएमईको ध्यान, नवप्रवर्तनमा जोड दिन अध्यक्ष ढकालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मम पसलेसँग हप्ता असुल्ने प्रहरी जवान पक्राउ



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामान्य खाजा पसल चलाउने व्यवसायीसँग मासिक रूपमा हप्ता असुल्ने एक सशस्त्र प्रहरी जवानलाई घुससहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपाल नं ४१ गुल्म हेक्वा–औधोगिक सुरक्षा, बुटवल, रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र केसी रहेका छन् ।

प्रहरी केसीलाई बुटवल उपमहानगरपालिका–७ दिपनगर स्थित बुटवल टपटेन मम एण्ड खाजाघरबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

आयोगका अनुसार केसीले खाजा पसल चलाउने व्यवसायीसँग मासिक रूपमा नगद नबुझाए सामान जफत गरी थुनिदिने भनी घुस लिदै गरेको बताएको छ ।

उनले सेवाग्राहीबाट १० हजार घुस लिएका थिए । घुस लिने प्रहरी जवान केसीलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको अख्तियार प्रवक्ता कोइरालाले बताए ।