५ आश्विन २०८१, शनिबार
,
Latest
काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मम पसलेसँग हप्ता असुल्ने प्रहरी जवान पक्राउ



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामान्य खाजा पसल चलाउने व्यवसायीसँग मासिक रूपमा हप्ता असुल्ने एक सशस्त्र प्रहरी जवानलाई घुससहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपाल नं ४१ गुल्म हेक्वा–औधोगिक सुरक्षा, बुटवल, रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र केसी रहेका छन् ।

प्रहरी केसीलाई बुटवल उपमहानगरपालिका–७ दिपनगर स्थित बुटवल टपटेन मम एण्ड खाजाघरबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

आयोगका अनुसार केसीले खाजा पसल चलाउने व्यवसायीसँग मासिक रूपमा नगद नबुझाए सामान जफत गरी थुनिदिने भनी घुस लिदै गरेको बताएको छ ।

उनले सेवाग्राहीबाट १० हजार घुस लिएका थिए । घुस लिने प्रहरी जवान केसीलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको अख्तियार प्रवक्ता कोइरालाले बताए ।