५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले साबेल चलाएर गरे अप्टिकल फाइबर बिछ्याउने कामको शिलान्यास



अ+ अ-

काठमाडौं । मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास भएको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको गल्छीमा साबेलले माटो फालेर अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गरेका हुन् ।

नेपाल टेलिकममार्फत अघि बढेको यो योजनाअनुसार मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई पनि सूचनाको राजमार्गमा जोडिनेछ । प्रदेश १, २ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तारका लागि काम अघि बढ्न लागेको हो ।

टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३७६ किलोमिटर फाइबर बिछ्याउनेछ । यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म टेलिकमले पुर्याउनेछ ।
मध्यपहाडी लोकमार्गको ८ सय ४ किलोमिटर र राजमामार्गबाट विभिन्न स्थान लिंक गर्न १ हजार पाँच सय ७२ किलोमिटरमा अप्टिकल फाइबर बिछ्याउने काम गर्ने टेलिकमको योजना छ ।

टेलिकमले ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याउने छ भने सदरमुकाम जोड्न अप्टिकल ४८ कोर र नगरपालिकाहरु जोड्न २४ कोरका फाइबर प्रयोग हुनेछन् ।

अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषबाट बजेट उपलब्ध गराउनेछ । फागुन ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले काम गर्न नसक्ने भन्दै यूटीएलसँग गरिएको सम्झौता खारेज गरेको यूटीएलसँग खारेज गरेको थियो ।

यूटिएलसँग सम्झौता खारेज भए लगतै नेपाल टेलिकमलाई अप्टिकल फाइबर बिच्छाउने कामको जिम्मा दिएको हो । नेपाल सरकारले गरेको सम्झौता अनुसार यूटीएलले आगामी बैशाख १५ गतेसम्म काम नै सक्नुपर्ने थियो ।

टेलिकमले यो योजनाका लागि पाँचओटा कम्पनी छानेर सम्झौता गरेको छ । कोरियाको एलएस केबुल्सले प्रदेश १ को पाँच सय ९६ किलोमिटरमा काम गर्नेछ । नेपालको अरोग्य कन्स्ट्रक्सनसहित चिनियाँ कम्पनीको जेभीले प्रदेश २ को एक हजार २८ किलोमिटरको जिम्मा पाएको छ ।