२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता फेसबुक र मेसेन्जरमा प्राविधिक समस्या धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी अर्थमन्त्री लक्षित महामन्त्री पौडेलको कटाक्षः सत्तामा पुगेपछि नेताहरूको व्यवहार फेरियो, बजेट चुहावटको छानबिनमा मौनता छायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीभीआइपी निवास आसपास ड्रोन उडाउन रोक



अ+ अ-

काठमाडौं । सरकारले अतिविशिष्ट पदाधिकारी निवासको १ किलोमिटर हवाई दूरीभित्र ड्रोन उडान निषेध गरेको छ । ड्रोन उडान सम्बन्धी नयाँ कार्यविधिमार्फत सरकारले पहिलोपटक ड्रोन निषेधित क्षेत्र तोकेको हो ।

अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका निवास वरपर र देशको प्रमुख प्रशासनिक अड्डा सिंहदरबार आसपास पनि अब ड्रोन उडाउन पाइने छैन । य

यस्तै, काठमाडौं उपत्यकाका माइतिघर मण्डला, स्वयम्भूनाथ, बौद्धनाथ, बुढानिलकण्ठ, दरवार स्क्वायर क्षेत्रमा पनि ड्रोन उडाउन रोक लगाइएको छ । पुरातात्विक तथा धार्मिक क्षेत्र निर्धारण गरेका स्थानमा पनि यसतो निषेध लागू हुनेछ ।

सरकारले ड्रोन उडाउन नेपाललाई तीन क्षेत्रमा वर्गिकरण गरेको छ । त्यसमध्ये संवेदनशिल क्षेत्रमा ड्रोन निषेध गरिएको हो । सामान्य क्षेत्रका रुपमा मानवरहित इलाका, संरक्षित वा नियन्त्रित क्षेत्र बाहेकका खुला क्षेत्रलाई मानिएको छ । मध्यम क्षेत्रका रुपमा बस्ती, समूदाय, संरक्षित वा आरक्षित क्षेत्रलाई मानिएको छ ।

यस क्षेत्रमा भने सरकारी निकायबाट अनुमति लिएर ड्रोन उडाउन पाइनेछ । ड्रोन सूर्योदयदेखि सूर्यास्तसम्म, जमिनबाट भिजिविलिटी ५ किलोमिटर रहेको अवस्थामा मात्र उडाउन पाइन्छ ।