५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केदार जाधव नेटमा अभ्यासमा फर्किए, भारतको टिममा हेरफेर नहुने



अ+ अ-

काठमाडौं । भारतको विश्वकप टोलीमा कुनै परिर्वतन नहुने भएको छ ।

चेन्नई सुपर किङ्ग्सबाट किङ्ग्स इलाभेन पञ्जावविरुद्धको खेलका क्रममा देब्रो काँधमा चोट लागेर घाईते भएका केदार जाधव फिट देखिएपछि टोलीमा परिर्वतनको सम्भावना हटेको हो ।

मे पहिलो साता घाइते भएका उनले आईपीएलका बाँकी खेलसमेत गुमाएका थिए ।भारतीय टिमका फिजिओले उनी फिट भएको सन्देश दिएका छन् र उनले नेटमा अभ्यास थालेका छन् ।

यदि उनी फिट नभएको भए ऋशव पन्त, अम्बाती रायडू, इशान्त शर्मा, अक्षर पटेल र नभदिप सैनीमध्ये एकले अवसर पाउँथे ।