२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए अमेरिकाको अध्यक्षमा शाह भारी मतले विजयी



अ+ अ-

अमेरिका । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अध्यक्षमा सुनिल शाह भारी मतले विजयी भएका छन्। निर्वतमान वरिष्ठ उपाध्यक्ष शाह ३ हजार ७११ मतले विजयी भएका हुन्।

शाहका प्रतिस्पर्धी सूर्य लम्सालले २ हजार ७९७ मत ल्याए भने संजय थापाले १ हजार ५५४ मत ल्याएका छन्।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा पदमा तीन प्रतिस्पर्धीलाई पाखा लगाउँदै डा.अर्जुन बन्जाडे विजयी भए शाह समूह मामिलेर चुनाव लडेका बन्जाडेले २ हजार ९४९ मतले विजयी भए।

वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा अमृत सापकोटा, नारायण कँडेल र इन्दिरा त्रिपाठी थिए।

त्यसैगरी शाहकै समूहबाट महासचिवमा पशुपति पाण्डे विजयी भएका छन्। क्षेत्रिय उपाध्यक्षहरुमा मिडवेष्टबाट बुद्धिसागर सुवेदी विजयी भएका छन्। नर्थइष्टबाट उपाध्यक्षमा बाबुराम लामाले चुनाव जिते।

सह–कोषाध्यक्षमा कुमार बिष्ट विजयी भएका छन्। महिला संयोजकमा दिक्षा बस्नेत विजयी भइन् भने युवा संयोजकमा बिनोद रुवालीले बाजी मारे।