काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाँचथर मिक्लाजुङ गाउँपालिका –३ आरुबोटेमा दुइटा परिवारका ९ जनाको हत्या गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ।
कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले मंगरबारको प्रतिनिधिसभा बैठकमा सोमबार राति अज्ञात समूहले ९ जनाको हत्या गरेको भन्दै सरकारले हत्याराको पहिचान गरी छिटो कारबाही गर्नु पर्ने बताइन्।
, ‘घाइते १२ वर्षीया सीता खाजुमको उपचारमा सरकारले ध्यान देओस्।उनले भनिन्’‘अपराधीलाई कारबाहीको दायरामा ल्याइयोस्,’
गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।
३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।
१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।