६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादास्पद विधेयकमा राष्ट्रपतिको चासो



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा विवादास्पद बनेको विधेयकमाथि छलफल थालेकी छन् । कानुन व्यवसायी पृष्ठभूमिका सांसदलाई सोमबार शीतल निवासमा बोलाएकी थिइन् ।

संसद्ले निर्माण गरिरहेको कानुन र प्रमाणीकरणका लागि आफूकहाँ आइपुगेको विधेयकलाई लिएर अधिकारकर्मीदेखि सञ्चारकर्मीसमेत सडक आन्दोलनमै उत्रिएपछि राष्ट्रपति भण्डारीले चासो देखाएकी हुन् ।

छलफलमा राष्ट्रपति भण्डारीले प्रमाणीकरणका लागि आफूकहाँ आइपुगेको राहदानी विधेयक–२०७५ र बन्दै गरेको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक एवं राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयकबारे जानकारी लिएकी थिइन् ।

भण्डारीले अधिकारकर्मीहरूसमेत आन्दोलनमै जानुपर्ने अवस्था किन आएको भन्दै संघीय संसद्मा कानुनी पृष्ठभूमि भएका सांसदलाई बोलाई धारणा बुझ्न खोजेकी थिइन् ।, यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।