१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने

उचाइ मापन गर्न गएको टोली सगरमाथा चुचुरोमा

उचाइ मापन गर्न गएको टोली सगरमाथा चुचुरोमा
अ अ+ अ-

काठमाडौं । सगरमाथा मापनका लागि चढेको नापी विभागको प्राविधिक टोली बुधबार बिहान ३।०० बजे सगरमाथाको चुचुरोमा पुगेको छ । मङ्गलवार दिउँसो १ः४५ मा उक्त टोली साउथ कोलबाट चुचुरोतर्फ लागेको थियो । नापी विभागका सगरमाथा उचाई मापन सचिवालयका प्रमुख सुशील डंगोलले टोलीले चुचुरोमा पुग्यौं भन्नेसम्मको खबर गरेको र त्यसपछि थप सूचना भने आइनसकेको जानकारी दिनुभयो ।

मङ्गलवार विहान पुग्ने अनुमान गरिएकोमा मौसम अनुकूल नभएपछि सोमवारदेखि सगरमाथाको साउथ कोलमा पुगेर टोलीले विश्राम गरेको थियो । शुक्रवार राति आधार शिविरबाट नापी विभागका प्राविधिक खिमलाल गौतमको नेतृत्वमा चारजनाको टोली चुचुरोमा पुगेको हो ।

सगरमाथा मापनका लागि जि एन एस एस रिसिभर र जि.पि.आर. मेसिन चुचुरोमा लगिएको थियो । मेसिनसहित चुचरोमा पुगेको टोली र नियन्त्रण बिन्दुमा रहने प्राविधिकबीच एउटै समयमा सगमाथा अवस्थित जमिनको सतहमा आठवटा नियन्त्रण बिन्दुमा पनि प्रावधिकबीच सम्पर्क गर्नुपर्ने थियो । तल र माथि सम्पर्क भए नभएको पनि स्पष्ट सूचना आइसकेको छैन ।

नियन्त्रण विन्दुमा भएका प्राविधिक र चुचुरोमा भएकाबीच स्याटेलाइटबाट सूचना आदानप्रदान र सम्पर्क हुने व्यवस्था मिलाइएको थियो । नेपाल सरकारका तर्फबाट पहिलोपटक सगरमाथाको उचाई मापन गरिएको गोरखापत्र दैनिकमा खबर प्रकाशित छ ।