२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता फेसबुक र मेसेन्जरमा प्राविधिक समस्या धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी अर्थमन्त्री लक्षित महामन्त्री पौडेलको कटाक्षः सत्तामा पुगेपछि नेताहरूको व्यवहार फेरियो, बजेट चुहावटको छानबिनमा मौनता छायो ‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीका मोटरसाइकल बरामद



अ+ अ-

बेत्रावती । नगरप्रहरी चौकी कोलनीले पछिल्लो तीन महीनामा नौ थान चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्लाको विभिन्न स्थान र काठमाडौँबाट हराएका नौ थान मोटरसाइकल नियन्त्रणमा लिएर सम्बन्धित धनीलाई बुझाएको नगर प्रहरी चौकीका इञ्चार्ज ९प्रहरी सहायक निरीक्षक० राजु लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आठ थान मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइएको छ भने एक थान धनी यकिन हुन नसक्दा प्रहरी चौकीमा थन्किएको छ । प्रहरी कार्यालयले नियन्त्रणमा लिएका मोटरसाइकल अधिकांश काठमाडाँैबाट र केही जिल्लाको शहरी क्षेत्रबाट चोरी भएका छन् ।

चोरीको मोटरसाइकलसहित संलग्न रहेको आशङ्कामा दुई व्यक्तिसमेत पक्राउ गरिएको प्रहरी इञ्चार्ज लामिछानेले जानकारी दिनभयो । ती व्यक्ति चोरी भएको मोटरसाइकलमा सवार रहेको अवस्थामा समातिएका थिए । “चोरीको मोटरसाइकलको अधिकांशका सवारी नम्बर र रङ परिवर्तन गरेर चलाउने गरेको अवस्थामा बरामद गरिएको छ”, उहाँले भन्नुभयो, “सम्बन्धित धनी र स्थानीयवासीले सहयोग पु¥याएमा चोरी नियन्त्रण र अपराधमा न्यूनीकरण सफलता मिल्नेछ ।”

सीमा जोडिएको र ग्रामीण क्षेत्रमा लुकीछिपी चलाउन सहज हुने हँुदा काठमाडौँमा हराएका धेरै मोटरसाइकलको गन्तव्य नुवाकोट हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । केही समयअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जिल्लाका सुरक्षाकर्मीको सहयोगमा सञ्चालन गरेको तीन दिनसम्म ‘सर्च अपरेसन’मा १८ थान चोरीको मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको थियो ।