५ आश्विन २०८१, शनिबार
,
Latest
सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत रविले अनैतिक र भ्रष्टाचारजन्य काम गरेका हुन् : शंकर पोखरेल आइएमई मोटर्स र रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीका मोटरसाइकल बरामद



अ+ अ-

बेत्रावती । नगरप्रहरी चौकी कोलनीले पछिल्लो तीन महीनामा नौ थान चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्लाको विभिन्न स्थान र काठमाडौँबाट हराएका नौ थान मोटरसाइकल नियन्त्रणमा लिएर सम्बन्धित धनीलाई बुझाएको नगर प्रहरी चौकीका इञ्चार्ज ९प्रहरी सहायक निरीक्षक० राजु लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आठ थान मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइएको छ भने एक थान धनी यकिन हुन नसक्दा प्रहरी चौकीमा थन्किएको छ । प्रहरी कार्यालयले नियन्त्रणमा लिएका मोटरसाइकल अधिकांश काठमाडाँैबाट र केही जिल्लाको शहरी क्षेत्रबाट चोरी भएका छन् ।

चोरीको मोटरसाइकलसहित संलग्न रहेको आशङ्कामा दुई व्यक्तिसमेत पक्राउ गरिएको प्रहरी इञ्चार्ज लामिछानेले जानकारी दिनभयो । ती व्यक्ति चोरी भएको मोटरसाइकलमा सवार रहेको अवस्थामा समातिएका थिए । “चोरीको मोटरसाइकलको अधिकांशका सवारी नम्बर र रङ परिवर्तन गरेर चलाउने गरेको अवस्थामा बरामद गरिएको छ”, उहाँले भन्नुभयो, “सम्बन्धित धनी र स्थानीयवासीले सहयोग पु¥याएमा चोरी नियन्त्रण र अपराधमा न्यूनीकरण सफलता मिल्नेछ ।”

सीमा जोडिएको र ग्रामीण क्षेत्रमा लुकीछिपी चलाउन सहज हुने हँुदा काठमाडौँमा हराएका धेरै मोटरसाइकलको गन्तव्य नुवाकोट हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । केही समयअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जिल्लाका सुरक्षाकर्मीको सहयोगमा सञ्चालन गरेको तीन दिनसम्म ‘सर्च अपरेसन’मा १८ थान चोरीको मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको थियो ।