५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत रविले अनैतिक र भ्रष्टाचारजन्य काम गरेका हुन् : शंकर पोखरेल आइएमई मोटर्स र रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी एनपीएलः खेलाडी अक्सनका लागि दर्ता प्रक्रिया खुला चट्याङ लागेर एकको मृत्यु चितवन २ का मतदाता भन्छन्ः रविलाई भोट दिएर पछुतो लागेको छ प्रधानमन्त्री ओली न्युयोर्कमा राप्रपाका अध्यक्ष लिङ्देन बेलायत प्रस्थान महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय ओलोम्पिक दिवसमा ठेलो प्रतियोगिता



अ+ अ-

पोखरा । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा पोखरामा परम्परागत ठेलो खेलको गण्डकी प्रदेशस्तरीय प्रतियोगिता हुने भएको छ ।

नेपाली समाजमा विभिन्न चाडपर्व विशेष र मेलामा आयोजना हुने ठेलो प्रतियोगिता प्रथमपटक प्रदेशस्तरीय गर्न लागिएको हो । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजना एवं गण्डकी प्रदेश सरकारको सहयोग र नेपाल ओलम्पिक कमिटीको प्रवद्र्धनमा हुने प्रतियोगिता आगामी असारको १० र ११ गते (जुन २५ र २६मा) पोखराको टुँडिखेल मैदानमा हुने मञ्चले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न मञ्चका महासचिव खेमबहादुर गुरुङको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ । त्यस्तै समितिको प्राविधिक समिति संयोजकमा खड्ग रानाभाट, प्रचारप्रसार संयोजकमा केशव पाठक, मैदान व्यवस्थापन संयोजकमा दिलबहादुर गुरुङलगायत हुनुहुन्छ ।

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकूदमा समेत प्रवेश गराउन पहिलोपटक परम्परागत खेल ठेलो प्रतियोगिता हुन लागेको उपसमिति संयोजक गुरुङले जानकारी दिनुभयो । महिला र पुरुष गरी गण्डकी प्रदेशका ११ जिल्लाका खेलाडी दुई दिनसम्म पोखराको टुँडिखेल मैदानमा प्रतिष्पर्धामा भाग लिने जनाइएको छ ।