१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

‘टिम्बुरे हत्या काण्ड’को २६ वर्षपछि ठूलो र उस्तै ‘आरुबोटे हत्याकाण्ड’

‘टिम्बुरे हत्या काण्ड’को २६ वर्षपछि ठूलो र उस्तै ‘आरुबोटे हत्याकाण्ड’
अ अ+ अ-

पाँचथर । पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्या भयो । उक्त घटना पाँचथरमा २६ वर्षपछि ठूलो र उस्तै प्रकृतिको हत्याकाण्ड भएको हो ।

साविक फिदिम–१३ लुङरुपास्थित टिम्बुरेमा एकै परिवारका पाँच जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थियो । विसं २०५० मा भएको सो घटना ‘टिम्बुरे हत्याकाण्ड’को रुपमा चर्चित छ । उक्त घटनामा टिम्बुरेस्थित एक दुलाल परिवारमा पाँच जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थियो ।

त्यसको २६ वर्षपछि आरुबोटेमा नौ जनाको विभत्स हत्या भएको हो । टिम्बुरे हत्याकण्डमा कुवेर दुलाल, कुवेरकी श्रीमती सरसस्वती रिजाल, छोरी कृष्ण दुलाल, छोरा उमेश र उद्वव दुलाल गरी (पाँच जना) को ज्यान गएको थियो । लुङरुपा–९ का कुवेर दुलाललाई छिमेकी नाँगीन गाविस वडा नं ३ सेजेपामा र उनकी श्रीमती सरस्वतीसँगै छोराछोरी कृष्ण, उमेश र उद्ववलाई घरैमा एकसाथ खुकुरी प्रहार गरी हत्या गरिएको थियो । उक्त घटनामा छोरी ज्ञानु र मनु बाँचेका थिए ।

मनुको भने वि.सं २०७३ मा अमेरिकामा हृदयघातका कारण निधन भएको थियो । ज्ञानु अहिले अमेरिकामा हुनुहुन्छ । बाबुआमा र भाइबहिनीको हत्या भएका बखत मनु नाँगीनको पिपलबोटे उच्च माविमा पढ्दै गरेको र ज्ञानु इटहरीस्थित आफन्तको घर गएकी थिइन् । दुलाल परिवारको पनि खुकुरीले काटेर हत्या भएको थियो ।

परिवारभित्रै आपसी लेनदेन र राजनीतिक विषयमा विवाद भएपछि उनीहरुको हत्या भएकाले सो हत्याकाण्ड टिम्बुरे हत्याकाण्ड भनेर चर्चित छ । आरुबोटे हत्याकाण्ड आरुबोटे हत्याकाण्डमा दुई परिवारको सोमबार राति खुकुरीले धेरै पटक हानेर विभत्स हत्या भएको थियो । पाँचथर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार दुई परिवारका आठ वर्षीया बालिकादेखि ७५ वर्षीया वृद्धसम्मको हत्या भएको हो ।

७५ वर्षीय बमबहादुर फियाकको घरमा आई निजकै श्रीमती ७५ वर्षीया पुर्चीमाया फियाक, छोरी वर्ष ३५ की मनकुमारी फियाक, मृतक बमबहादुर फियाककी नातिनी वर्ष १० की आसिकाकुमारी खजुमलाई पालैपालो धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो ।

यसैगरी सोही स्थान बस्ने ३४ वर्षीय धनराज शेर्मा, निजकी श्रीमती वर्ष ३५ की जस्मिता फियाक शेर्मा, छोरी १२ वर्षीया युहाना शेर्मा, १० वर्षीया मुना शेर्मा र छ वर्षीया इच्छा शेर्मासमेतको हत्या गरेको कुँवरको भनाइ छ । हत्याको अनुसन्धान जारी आरुबोटे हत्याकाण्डमा हत्या भएका मृतकको शव परीक्षणका लागि विपी कोइराला प्रतिष्ठान लगिएको रवि इलाका प्रहरी चौकीका प्रहरी निरीक्षक तेजनारायण यादवले बताउनुभयो ।

यादवका अनुसार काठमाडौँबाट आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिवीआई)को विशेष टोलीले घटनाको आज पनि अनुसन्धान जारी रहेको बताउनुभएको छ । मङ्गलबार हत्या भएका बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमको पनि झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

हत्या माखिमले नै गरेको हुनसक्ने प्रहरीको आशङ्का छ । हत्या भएको करीब पाँच किलोमिटरको दूरीमा उक्त शव फेला परेको प्रहरी निरीक्षक यादवको भनाइ छ । शव झुण्डिएको स्थानको दुई किलोमिटर अगाडि एउटा झोला भेटिएको छ । उक्त झोलामा रगतले लतपतिएको कपडा र रगतले लतपतिएको एक थान खुकुरीसमेत फेला परेको यादवको भनाइ छ ।