१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

प्रहरीलाई पेट्रोल छर्केर जलाउनेविरुद्ध मुद्दा दर्ता

प्रहरीलाई पेट्रोल छर्केर जलाउनेविरुद्ध मुद्दा दर्ता
अ अ+ अ-

बुटवल । केही दिनअघि पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा सुरक्षा दिन खटिएका प्रहरीमाथि नै पेट्रोल छर्किएर सख्त घाइते बनाउने समूह मध्येका तीन जनाविरुद्ध मंगलवार म्याद थप भई मुद्दा अघि बढाइएको छ ।

जेठ ३ गते भरतपुर महानगरपालिका टिकौली गोन्द्राङस्थित कर संकलन केन्द्र (ढाट) राख्ने विषयमा भएको तोडफोड र आगाजानी घटनामा शान्ति सुरक्षा प्रदान गर्न गएको प्रहरी टोली मध्येकी प्रहरी सहायक निरीक्षक कल्पना खड्का को शरीरमा आक्रोशित भीडबाट कसैले पेट्रोल छर्किँदा उनी जलेर सख्त घाइ ते भएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहका अनुसार शुक्रबार प्रदेश सांसदकै उपस्थितिमा बिहान ११ बजेको समयमा ३०–४० जनाको समूहले पेट्रोल छर्किएर आगो लगाउदा डिउटीमा खटिएकी खड्काको हात, खुट्टा, शरीर र टाउकामा आगोले पोलेको छ ।

पहिलो दिन प्रहरीले ढाटमा आगो लगाएको आरोपमा प्रहरीले रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीलाई पक्राउ गरेको थियो भने दोस्रो दिन कृषि विकास बैंक कर्मचारी यूनियनका पूर्वअध्यक्ष केपी लामिछाने र खिलप्रसाद घिमिरेलाई पक्राउ गरिएको थियो ।

। चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार पछि भिडियो हेरेर चिने पछि थप दुई जनालाई पक्राउ गरिएको छ । सोमबार तीन जना विरुद्ध अभद्र ब्यवहार अन्तर्गत मुद्धा दर्ता गरी मंगलवार म्याद थप समेत भएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

ढाट राख्दा वन्यजन्तुलाई समेत असर पर्ने र पुर्वी चितवनका जनताका साथै राष्ट्रिय निकुञ्जलाई समेत प्रत्यक्ष असर पर्ने भएकोले ढाट अन्यत्रै सार्नु पर्ने माग गर्दै पुर्वी चितवनका जनता आन्दोलित भएका थिए ।

प्रहरीलाई आगो लगाउने घटना स्थानीय प्रशासनले सहमतिमा मिलाउन खोजेको आरोप समेत आइरहेको प्रति प्रमुख जिल्ला अधिकारी बस्नेतको ध्यानाकर्षण गराउँदा उनले आगो लगाउने विरुद्ध कारबाही गर्ने गरी अगाडि बढिएको तर ढाट सार्ने विषयमा सहमति गर्दा ढिलाई हुन गएको प्रतिकृया दिए ।