२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’ बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न आदेश भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू औद्योगिक क्षेत्रको वक्यौता विवादः अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध विपद् व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्न स्थानीय सरकारलाई नेपाली काँग्रेसको निर्देशन एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद ‘बीटुबी’ र एकीकृत वित्तीय प्रणालीमा आइएमईको ध्यान, नवप्रवर्तनमा जोड दिन अध्यक्ष ढकालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीपीएलको ड्राफ्ट आज, कुन-कुन क्लबले किन्ला त नेपालका चार खेलाडी ?



अ+ अ-

काठमाडौं । वेष्ट इन्डिजको चर्चित फ्रेन्चाइज क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट प्रतियोगिताको ड्राफ्ट आज हुँदैछ ।

सीपीएलले आगामी संस्करणको क्रिकेटको ड्राफ्ट गर्न लागेको हो । सीपीएलको लागि बुधवार सार्वजनिक सूचीमा कूल ५३६ खेलाडी ड्राफ्ट लिस्टमा छन्। जहाँ विश्वका विभिन्न देशको खेलाडी समावेश छ। यस्तै नेपालबाट चार खेलाडीले आफ्नो नाम दर्ता गरेका हुन्।

ड्राफ्टमा नेपालका सन्दीप लामिछानेसहित विश्व रेकर्डधारी खेलाडी रोहित कुमार पौडेल, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरी छन् ।

गत संस्करणमा सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट खेलेका विश्वचर्चित खेलाडी सन्दीप ड्राफ्टबाट क्लबमा अनुबन्धित हुने निश्चित जस्तै छ ।

आफ्नो डेब्यु प्रतियोगितामै सफल बनेका सन्दीपले पाँच खेलबाट ७ विकेट लिएका थिए ।

यता दीपेन्द्र, सोमपाल र रोहितकुमार पौडेल तीनै जना नेपाली खेलाडी अलराउण्डर हुन् ।

दीपेन्द्र मध्यपंक्तिमा ब्याटिङ गर्न आउँछन् भने उनी स्पीनर हुन् । तीव्रगतिका बलर सोमपाल कामी विश्व रेकर्डर हुन् । उनको रेकर्ड अहिलेसम्म तोड्न सकिएको छैन । उनले हङकङविरुद्धको टी–२० क्रिकेट खेलमा १०औं नम्बरमा ब्याटिङ गर्न आएर ४० रन बनाएका थिए ।

यता रोहित कुमार पौडेल पनि विश्व रेकर्डधारी खेलाडी हुन् । उनले यूएईविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा विश्व रेकर्ड राख्न सफल भएका थिए । उनले सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको रेकर्ड राखेका थिए ।


नेपाली समयअनुसार ड्राफ्ट राति ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । ड्राफ्ट लिस्टमा सिपिएल ड्राफ्टमा नेपालसंगै अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, बर्मुडा, क्यानडा, इंग्ल्याण्ड, हङकङ, भारत, आयरल्याण्ड, केन्या, न्युजिल्याण्ड, ओमान, पाकिस्तान, स्कटल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, युएई, अमेरिका, जिम्बाबे र वेस्ट इन्डिजका खेलाडी छन्।

सीपीएल अगष्ट २१ देखि सेप्टेम्बर २७ सम्म वेष्टइन्डियमा आयोजना हुनेछ।