१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

चीनमा भाइरल हुँदैछ अमेरिका विरोधी यस्तो गीत

चीनमा भाइरल हुँदैछ अमेरिका विरोधी यस्तो गीत
अ अ+ अ-

काठमाडौं । वासिङ्टनमा भएको ११ औं चरणको वार्ता निष्कर्षमा नपुगेसँगै अमेरिकाले थप दुई सय अर्ब डलरका चिनियाँ सामानमा २५ प्रतिशत भन्सार लगाएको छ। बदलामा चीनले पनि अमेरिकाबाट आउने थप ६० अर्ब डलरका सामानमा भन्सार थपेको छ। यता टुंगिन लाग्यो भनिएको अमेरिका(चीनबीचको व्यापार वार्ता डेढ साताअघि भाँडियो।

विश्वका दुई ठूला अर्थतन्त्रबीचको यो व्यापार युद्ध अब कसरी जाला भन्ने विश्वव्यापी चासो भइरहेका बेला चिनियाँहरूले भने अमेरिकाविरोधी एउटा गीतलाई भाइरल बनाइरहेका छन्।

ब्लुमवर्ग समाचारपत्रका अनुसार ‘व्यापार युद्ध’ बोलको उक्त गीत केही दिनयता चिनियाँ सामाजिक सञ्जाल विच्याटमा भाइरल भइरहेको छ। यो गीत सन् १९६०को जापानविरोधी चलचित्र ‘टनेल वार’को एक गीतको लयसँग मिल्ने गरी बनाइएको छ।

पुरूषहरू पार्श्व स्वरबाट सुरू हुने गीतले भन्छ –व्यापार युद्ध ! व्यापार युद्ध ! उपद्रा चुनौतीसँग नडराऔं उपद्रा चुनौतीसँग नडराऔं ! प्रशान्त सागरमा एउटा व्यापार युद्ध जारी छ ! यदि अपराधी हामीसँग लड्न खोज्छ भने हामी उसले सोचेभन्दा नराम्ररी हराउने छौं।

निर्माता तथा लेखक झाओ लियाङटियाङले चीनले अहिले भोगिरहेको अवस्थामा त्यतिबेलाको याद दिलाउन टनेल वारको लय बनाएको बताए । उनले भने– ‘व्यापार वार्ता टुंगिएपछि केही गर्नुपर्छ भन्ने लागेर गीत लेखेको हुँ।’

पछिल्लो समय चीनले आफ्ना सञ्चारमाध्यमबाट अमेरिकाविरोधी र राष्ट्रियता झल्काउने सामग्री प्रकाशन प्रसारणलाई उच्च महत्व दिएको छ। समाचार पत्रले चीन अमेरिकासँग झुक्न नहुने विश्लेषण र विचार छापिरहेका छन् भने टेलिभिजन च्यानलहरूले जापानसँग भएको युद्ध, कोरिया युद्धमा अमेरिकासँग भएका घटनालगायतबारे बनेका चलचित्रहरू देखाइरहेका छन्।