२१ फाल्गुन २०८१, बुधबार
March 5, 2025 Wednesday
Latest
शिक्षक महासङ्घले फागुन २४ गतेदेखि आन्दोलन गर्ने, ३६ हजार बढी शिक्षक काठमाडौँमा उतार्ने यो अनौठो रूखले दुई प्रेमीहरूलाई जोड्छ जापानमा ५० वर्षयताकै भीषण डढेलो, वर्षा र हिमपातले राहत दिने आशा ट्युबबेल सुक्न थालेपछि पानीको समस्या विवादमा परेका समय रैना डिप्रेशनमा ! विश्व शान्ति कायम गर्न प्रेरित गर्दै बौद्ध गुरुहरु युक्रेन–रूस शान्ति वार्ताको आयोजना गर्ने बेलारुसका राष्ट्रपतिको प्रस्ताव कुलमानलाई हटाउन सरकारले चलखेल गरेको छैन: मन्त्री खड्का सबै दलका लागि इतिहास लेख्ने अवसरः सुनिता बराल कुलमानले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएकोबारे संसद्‌मा रुलिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथर हत्या प्रकरणः घाइते बालिकाको उपचार प्रदेश-१ सरकारले गर्ने



अ+ अ-

विराटनगर । पाँचथरको मिक्लाजुङ गाँउपालिकामा सोमबार राती भएको विभत्स हत्या काण्डबाट भागेर ज्यान जोगाएकी १२ वर्षीया बालिकाको उपचार प्रदेश –१ सरकारले गर्ने भएको छ।

दुई परिवारका नौजनाको हत्या भएको घटनामा भागेर बाँचे पनि घाइते अवस्थामा रहेकी सीता खजुमको सबै उपचार खर्च सरकारले बेहोर्ने प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए।

मन्त्री कार्कीले जारी गरेको विज्ञप्तिमा क्रुर र बर्बरतापूर्वक घटनामा घाइते भएकी बालिकाको उपचारमा कुनै कमी हुन नदिने र सबै खर्च सरकारले बेहोर्ने उल्लेख छ। अपराधिक, अमानवीय तथा निन्दनीय हत्याले सबैलाई स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख छ। घटनामा संलग्न जो कोही अपराधीलाई कानुनको दायरामा ल्याएर कारवाही गर्ने प्रतिवद्धता पनि प्रदेश सरकारले गरेको छ।

। घटनाको प्रभावकारी अनुसन्धानका लागि काठमाडौंबाट सीआईबीका एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली घटनास्थलमा खटिएका छन् ।

सोमबार राति बमबहादुर फियाक र धनराज शेर्माको परिवारका ९ जनाको हत्या गरिएको थियो। धनराज बमबहादुरका ज्वाइँ हुन्। उनीहरुको घर पैदल १५ मिनेटको दूरीमा छ। ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, फुर्चीमाया फियाक १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको थियो।

बमबहादुरकै नातिनी १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।

शेर्माको परिवार
अनुमानित ३३/३४ वर्षीया धनराज शेर्मा
श्रीमती ३५ वर्षीया जस्मिता फियाक
छोरी १२ वर्षीया युहाना शेर्मा
छोरी १० वर्षीया मुना शेर्मा
छोरी ८ वर्षीया इच्छा शेर्मा

फियाक परिवार
अनुमानित ७०/७५ वर्षीया बमबहादुर फियाक
श्रीमती ७०/७५ वर्षीया पुर्सिमाया फियाक
छोरी ३५ वर्षीया मनकुमारी फियाक
बबमबहादुरकी नातिनी १० वर्षीया आसेकुमारी फियाक

घाइते
अनुमानित १५/१६ वर्षीया सीता खजुम ।