५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमा लागुऔषध ‘काराेबारी’, छोराहरु दुर्व्यसनी



अ+ अ-

काठमाडौं । भारतबाट लागुऔषध नेपाल ल्याउने र बेच्ने एक बृद्धालाई प्रहरीले पक्राउ गरेको छ।लागु औषध नियन्त्रण ब्युरोले काठमाडौं १६ बसर्पाकबाट ५० वर्षकी सावित्री श्रेष्ठलाई पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले ६ सय ७० एम्पुल डाइजेपाम, बुप्रेनोर्फिन ५६१ र फेनारगन ५६० एम्बुल बरामद गरेको ब्युरोका निमित्त प्रमुख एसएसपी बसन्त लामाले बताए।

प्रहरीका अनुसार उनले कोटेश्वरस्थित घरबाटै लागू औषध कारोबार गर्थिन् । उनले आफ्ना दुई छोरालाई समेत दुव्र्यसनी बनाएको पाइएको एसएसपी लामाले बताए ।

उनको साथबाट एक लाख ४१ हजार समेत बरामद भएको छ ।