५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत रविले अनैतिक र भ्रष्टाचारजन्य काम गरेका हुन् : शंकर पोखरेल आइएमई मोटर्स र रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी एनपीएलः खेलाडी अक्सनका लागि दर्ता प्रक्रिया खुला चट्याङ लागेर एकको मृत्यु चितवन २ का मतदाता भन्छन्ः रविलाई भोट दिएर पछुतो लागेको छ प्रधानमन्त्री ओली न्युयोर्कमा राप्रपाका अध्यक्ष लिङ्देन बेलायत प्रस्थान महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कूटनीतिक मर्यादामा बस्न अमेरिकी राजदूतलाई नेता नेपालको सुझाव



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कूटनीतिक मर्यादामा बस्न अमेरिकी राजदूतलाई सचेत गराएका छन् ।

‘जनतासँग गफगाफ’ संवाद कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेपछि अमेरिकी राजदूत र्‍याण्डी बेरी विवादमा परेका छन् । परराष्ट्र मन्त्रालयले समेत यसो नगर्न आग्रह गरेको छ ।

बुधबार संघीय संसद परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कूटनीतिक मर्यादाको पालना ठूला देशले गर्नुपर्ने पनि स्पष्ट पारे ।

वरिष्ठ नेता नेपालले अमेरिकाप्रति संकेट गर्दै कूटनीतिक मर्यादाको पाठ सिकाउने देशहरुले त झन त्यसको पालना गर्नेपर्ने पनि उल्लेख गरे ।

नेकपाकै अर्का नेता भीम रावलले राजदूतले नेपाली जनतासँग प्रत्यक्ष रुपमा संवाद गर्ने गतिविधि गर्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।

उनले कूटनीतिक क्षेत्रको कानुन, मर्यादा कुनै पनि दृष्टिले राजदुत बेरीलाई सो संवाद कार्यक्रम संचालन गर्ने अनुमति नरहेको दावी पनि गरे ।

कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पनि सरकारको अनुमतिविना राजदूतले जनतासँग प्रत्यक्ष कार्यक्रम गर्न नमिल्ने बताए ।

अमेरिकी राजदूत बेरीले आगामी सोमबारबाट ‘राजदूतसँग गफगाफ’ नामक संवाद कार्यक्रम सञ्चालन गर्ने बताएका थिए ।