२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता फेसबुक र मेसेन्जरमा प्राविधिक समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले अवैध हातहतियारसहित २४२ जनालाई पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले चालू आर्थिक वर्षमा अवैध हातहतियारसहित २४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले देशभरबाट अवैधरूपमा हातहतियार लिएर हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २३६ पुरुष र छ महिला रहेका छन् । यो सङ्ख्यामा १७ विदेशी नागरिक रहेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार एलएमजी राइफल एक थान, पोइन्ट टुटु राइफल एक थान, एसएमजी दुई थान, एमसिक्स्टीन एटु राइफल एक थान, पेस्तोल ३८ थान, बन्दुक १४ थान, कटुवा पेस्तोल ३६ थान, रिभल्वर तीन थान, भरुवा बन्दुक ११८ थान गरी जम्मा २१४ थान बरामद गरिएको छ । उनीहरूको साथबाट ६८० राउण्ड गोली बरामद भएको छ ।

प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले अवैध हातहतियार ओसारपसार गर्ने १६५ जनाविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिनुभयो । “ठूलो परिणाममा आधुनिक हतियार बरामद हुनु समुदाय–प्रहरी साझेदारी कार्यक्रमले सहयोग पुगेको छ”, उहाँले भन्नुभयो ।

बरामद भएका हतियारमध्ये पेस्तोल, रिभल्वरको साथै नेपालमै बनेका कटुवा पेस्तोल बढी रहेका छन् । अवैध हातहतियार नियन्त्रण तथा कारोवारीलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरीले देशभरि नै विशेष अभियान चलाएको प्रवक्ता पोखरेलले बताउनुभयो ।