१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

प्रहरी र भारतीय डाकाबीच मुठभेड, एकजनालाई गोली हानेर नियन्त्रणमा लिइयो

प्रहरी र  भारतीय डाकाबीच मुठभेड,  एकजनालाई   गोली हानेर नियन्त्रणमा लिइयो
अ अ+ अ-
फाइल फोटो

जनकपुरधाम । जनकपुरधाममा प्रहरी र डाकाबीच मुठभेड हुँदा एक जना घाइते भएका छन्।

डकैती गर्ने उद्धेश्यले आएकाहरूलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। पक्राउ परेका डाँका भारत बिहारस्थित समस्तीपुरको रहेको बताइएको छ।

विहारकुन्डका महन्थले हालसालै बेचेको जग्गाको पैसा लुट्ने उद्धेश्यले भारतीय डाकाको समूह आएको प्रारम्भिक प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनीहरूमध्ये एक जना प्रहरीको गोली लागेर घाइते भएका छन्।

घाइते डाकाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिएका छन्।

यसैगरी आठ जनाको समूहमा रहेका उनीहरू सबैलाई प्रहरीले पक्राउ गर्न सफल भएको पालले जानकारी दिए ।

डिआइजी पालका अनुसार सात जनालाई घटनास्थल र एक जनालाई महोत्तरीस्थित भारतीय सीमा नजिकबाट प्रहरीले पक्राउ गरेको हो।पक्राउ परेका उनीहरू भारतमा समेत लुटपाटजस्ता आपराधिक घटनाहरूमा संलग्न रहेको बताइएको छ।

प्रहरीले उनीहरूको साथबाट पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ६ राउन्ड गोली बरामद गरेको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।