५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०२२ मा कतारमा हुने विश्व कपमा ३२ टोलीको मात्रै सहभागिता रहने



अ+ अ-

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने विश्व कप फुटबलमा ३२ टोलीको मात्र सहभागिता रहने भएको छ । सहभागी टोली कतारबाटै बढाएर ४८ पुर्याउने प्रयास गरेपनि गल्फ राष्ट्रबीच देखिएको राजनितिक टक्रावका कारण सहभागी संख्या बढाउन गाह्रो भएको फिफाले उल्लेख गरेको छ ।

कतारमा सहभागी टोली संख्या बढाउँदा कम्तिमा १६ खेल कतार बाहिर खेलाउनुपर्ने अवस्था देखिएको थियो । हाल कतारको छिमेकी गल्फ राष्ट्रसँग सम्बन्ध त्यति राम्रो छैन ।

कुवेतले आयोजनाको इच्छा देखाएपनि त्यहाँको रंगशाला निर्माण र तयारीको लागि समय अभाव हुने निश्कर्ष पनि फिफाले निकालको छ । ओमानले आयोजना गर्ने इच्छानै देखाएन ।

सन् २०२६ को विश्वकपमा भने सहभागी देश ४८ नै हुनेछ । सन् २०१८ को रुस विश्वकपमा भएको फिफा कंग्रेसले २०२६ मा ४८ टोलीको सहभागिता पक्का गरेको थियो । उक्त कंग्रेसमा भएको निर्वाचनबाट आयोजनाको अधिकार अमेरिका, क्यानडा र म्याक्सिकोले पाएका थिए ।