१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

सिरियामा हवाई आक्रमण, १२ जनाको मृत्यु

सिरियामा हवाई आक्रमण, १२ जनाको मृत्यु
अ अ+ अ-

बेरुत । सिरियाको सरकारी फौजले इडलिब प्रान्तको एक बजारमा गरेको हवाई आक्रमणमा १२ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । उक्त हवाई आक्रमण रुसी सेनाले गरेको आशंका समेत गरिएको छ ।

बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार रमादानको दिउँसोको उपबास सकिएर साँझपख मानिसहरु बजारमा भेला भएका बखत आक्रमण भएको थियो ।

यस्तै, मङ्गलबार राति विद्रोही लडाकूले नियन्त्रणमा लिइरहेको मारत अल–नुमान शहर आसपास गरिएको अर्को हवाई आक्रमणमा १८ जना घाइते भएको अब्जरभेटरीले जनाएको छ ।

बुधबार भएका पछिल्ला भिडन्तमा ५२ जनाको ज्यान गएको छ जसमा सरकारी फौजतर्फ २९ जना र विद्रोहीतर्फ २३ जना रहेका छन् ।

गत मे ८ मा सरकारी फौजले नियन्त्रणमा लिएका धेरैवटा शहरलाई पुनः विद्रोहीले कब्जामा लिएको अब्जरभेटरीले जनाएको छ ।


मुस्लिम जिहादीको प्रभुत्व रहेको इड्लिब क्षेत्रलाई रुस, सिरिया र टर्कीबीच गत वर्ष सेप्टेम्बरमा भएको सहमति बमोजिम मध्यवर्ती क्षेत्रका रुपमा लिइएको छ । तर पछिल्ला हप्ताहरुमा सिरियाली फौज र रुसी सेनाले बमबारी गरिरहेका छन् ।

इड्लिब प्रान्तको अधिकांश भूभाग हायात तहरिर अल–शाम समूहले कब्जामा लिएको छ । साथै यही समूहले छिमेकी अलेप्पो, हामा र लाटाकीयाका केही भूभागमा पनि कब्जा गरेको छ ।

अब्जरभेटरीले गत अप्रिल ३० यतामात्र १८० जनाभन्दा बढी नागरिकको मृत्यु भइसकेको जनाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार पछिल्ला भिडन्तका कारण दशौं हजार मानिस आफ्ना घर छाडेर अन्यत्र भागेका छन् ।