५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली पछि प्रचण्डले दिए मोदीलाई बधाई, मतगणना अझै जारी



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् ।

बिहिबार सामाजिक संजालमा एक टुइट पोष्ट गर्दै उनले प्रधानमन्त्री मोदीलाई शुभकामना दिएका हुन् । उनले लेखेका छन् –’भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी लोकसभा निर्वाचन–२०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना ।’

यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिएका थिए । उनले प्रधानमन्त्री मोदीलाई आफू आगामी दिनमा मिलेर काम गर्न तत्पर रहेको बताएका थिए ।

अहिलेसम्म मोदी ३ लाख ४७ हजार ९ सय सात मत प्राप्त गरेका छन् भने समाजवादी पार्टीका शलिनी यादव १ लाख ६ हजार मतले पछ्याइरहेका छन् । यता राष्ट्रिय काँग्रेसका अजय राय ७० हजार १ सय ५ मत प्राप्त गरेका छन् ।

बिहान ८ बजेबाट सुरु भएको मतगणनामा मोदीको दल भारतीय जनता पार्टीले अग्रता लिइरहेको छ । प्रारम्भिक मत गणनामा भाजपा एक्लै २९१ सिटमा अगाडि छ । प्रमुख प्रतिपक्षी कांग्रेस नराम्ररी पछारिएको छ । उसले मात्रै ५१ सिटमा अग्रता लिएको छ ।

लोकसभाको कुल ५४३ सिटमध्ये बहुमतका लागि २७२ सिट चाहिन्छ । सन् २०१४ को चुनावमा भाजपाले २८२ सिट जितेको थियो । यसपटक उसले ३ सयको हाराहारीमा सिट प्राप्त गर्न सक्ने बताइएको छ ।

उत्तर प्रदेशमा एक सिटमा मात्र कांग्रेस अगाडि छ । कांग्रेस पूर्वअध्यक्ष सोनिया गान्धी परम्परागत क्षेत्र रायबरेलीमा अग्रता कायमै राखेकी छन् । सोनियाका छोरा एवम् कांग्रेसका वर्तमान अध्यक्ष राहुल गान्धी भने अमेठीमा भाजपाकी नेतृ स्मृति इरानीभन्दा पछि परेका छन् ।