१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटियाको चलेन फुटबलको दाउपेच राजनीतिमा, तेस्रो पटक चुनावमा पराजित



अ+ अ-

काठमाडौं । भारतीय फुटलबलका पूर्व कप्तान एवम् स्ट्राइकर भाइचुङ भुटियाको ‘हाम्रो सिक्किम पार्टी’ सिक्किम विधानसभा तथा लोकसभा चुनावमा पराजित भएको छ।

बिहिबार आएको निर्वाचन परिणाम अनुसार सिक्किममा सिक्किम क्रान्तिकारी परिषद् बहुमत हासिल गरेको छ।भुटियाको पार्टीले एउटा पनि सिटमा जित दर्ता गर्न सको ।

३२ सिटका लागि भएको निर्वाचनमा पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट १५ सिटमा सिमित भएपछि प्रेम सिंह तामाङ गोले नेतृत्वको सिक्किम क्रान्तिकारी परिषद्ले सरकार बनाउने भएको हो।

भुटियाको यो लगातार तेश्रो हार हो। यसअघि उनले पश्चिम बंगालकी मूख्यमन्त्री ममता बेनर्जी नेतृत्वको तृणमूल कांग्रेसबाट दार्जिलिङ्मा सन् २०१४ मा उम्मेदवार बनेका थिए।