काठमाडौं । दैलेखको गुराँस गाउँपालिका–१, रिगलपानीमा मिनी ट्रक दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, दैलेखका अनुसार शुक्रबार दिउँसो उक्त ट्रक सडकबाट करिब ३ सय मिटर तल खसेको हो ।
प्रहरकिा अनुसार दुर्घटनास्थलमा ३ वटा शव जलेको अवस्थामा भेटिएको छ । ट्रकको नम्बर प्लेट पनि जलेको छ ।
थप विवरण आउने क्रममा रहेको छ ।