१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

रङ्ग, यौन र महिला लक्षित गीत गाउँदै फागु

रङ्ग, यौन र महिला लक्षित गीत गाउँदै फागु
अ अ+ अ-

भादगाउँ । फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु (चीर ठड्याए) सँगै भक्तपुरमा यस वर्षको फागु पर्व सुरु भएको छ । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रङ्ग, अविर दलेर, आपसका वैरभाव बिर्सेर खुशी साटासाट गर्दै मनाइने पर्व हो । तर भक्तपुरमा भने यो पर्व मनाउने प्रसङ्ग बेग्लै रहेको छ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा रङ्गीविरङ्गी कपडाको ध्वजासहित तीन खण्डे चीर ठड्याएर फागु पर्व सुरु भएको मानिन्छ भने भक्तपुरमा तचपालमा काठको लिङ्ग प्रदर्शनमा राखेर चीर स्वायगु गरिन्छ । 

भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा भीमसेनको लिङ्गको प्रतीक तीन हात लामो र तीस इन्च गोलाकारको लिङ्ग आकारको काठ प्रदर्शनसँगै सुरु हुने फागुपर्वलाई विशेषगरी यौनरसयुक्त र महिलालाई लक्षित गरी गीत गाउने तथा व्यङ्गय गर्ने चाडका रुपमा बेग्लै रौनक र तरिकाले मनाइने गरिन्छ । लिङ्गसँगै यौन समागमको दृश्य झल्कने गरी रातो कपडाको बीचमा प्वाल पारी काठको लिङ्ग प्रवेश गराइएको हुन्छ भने यस दृश्यलाई भीमसेन र द्रौपदीको यौन समागमका रुपमा लिइन्छ ।

मन्दिरभित्र रहने सो लिङ्गलाई फागुपर्वको अवसरमा वर्षको सात दिन प्रदर्शन गर्ने प्रचलन रहेको संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले जानकारी दिनुभयो । “पहिला पहिला लिङ्गको प्रतिक एउटा काठको मुढा मात्र राख्ने परम्परा थियो । पछि यो खुल्ला रुपमा यसरी प्रदर्शनमा ल्याएको हो”, उहाँले भन्नुभयो । यो समय कामदेव आफै सक्रिय हुने भएकाले सृष्टिका लागि मानवजीवनमा यो अति उपयुक्त समय हो भन्ने सन्देश यसले दिएको उहाँको भनाइ छ । चीर स्वायगु अर्थात चीर गाड्ने कार्यलाई शिवशक्ति मिलनको रुपमा लिनुपर्ने संस्कृतिकर्मी राजोपाध्यायले बताउनुभयो । “महादेवको ११औँ अवतारमध्ये भीमसेन पनि एउटा रुप हो । त्यसअर्थमा यो प्रदर्शनमा राख्नुलाई महादेव र पार्वतीको प्रतिकका रुपमा पनि लिन सकिन्छ”, उहाँले भन्नुभयो, “काठमाडौँमा विभिन्न रङ्गिन कपडासहित चीर ठड्याउँछ, जुन यसैसँग मिल्छ र गोप्य छ तर भक्तपुरमा भने खुल्ला रुपले प्रदर्शन गरिन्छ ।”

लिङ्गलाई प्रदर्शनमा राखिनु अघि दुई जनाले काँधमा बोकेर इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रम्हायणी, च्यामासिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरी रहेको घर र पसलमा परिक्रमा गर्ने परम्परा छ । घर र पसलमा घुमाउन ल्याएको लिङ्गको पूजाआजा गरी दर्शन गर्नाले व्यापार व्यवसायमा उन्नति प्रगति हुने जनविश्वास छ । त्यसैले पार्टीमा प्रदर्शनमा राखिएको लिङ्गको दर्शनका लागि फागुपूर्णिमासम्म भक्तजनको घुइँचोसमेत लाग्ने गर्दछ । फागुपूर्णिमाको दिन साँझपख सो लिङ्गलाई एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि यसवर्षको फागु पर्व सम्पन्न हुने परम्परा छ । यसरी लिङ्ग बोकेर जाने व्यक्तिलाई पुत्रलाभ हुन्छ भन्ने जनश्रुति छ । 
    
यसरी लिङग प्रदर्शन गर्ने प्रचलन कहिलेदेखि सुरु भएको हो भन्ने एकीन तथ्य फेला परेको पाईंदैन । यद्यपि भीमसेनको मन्दिर राजा जगतप्रकाश मल्लले १७औँ शताब्दीमा निर्माण गरेको इतिहास रहेकाले यो प्रचलन पनि सोही समयदेखि प्रचलनमा आएको अनुमान गरिएको छ ।

भक्तपुरको टोलटोलबाट परम्परागत बाँसुरी बाजा, धिमेबाजा बजाउँदैं गीत सङ्गीतसहित महिला–पुरुष एकअर्कालाई जिस्काउँदै नाचगानसहित फागु पर्व मनाउने गर्दछन् । होलीका नेवारी परम्परागत लोकभाका र गीतसङ्गीत पनि महिला र यौनसँग सम्बन्धित रहेका छन् । वसन्त ऋतुको आगमनसँगै बोटबिरुवामा पालुवा पलाउने र जताततै हरियाली देखिन थाल्ने तथा फूलहरु फुल्न थालेसँगै मानिसको मन मस्तिष्क समेतमा एक खालको तरङ्ग पैदा गर्ने भएकाले चञ्चल मन यौनतर्फ आकर्षित हुने संस्कृतिविद्हरुको भनाइ छ ।

होलीया मेला, मय्जू मस्युला १ अविर भचाः नः, तये मज्युला १ ‘होलीको बेला मायालाई थाहा छैन र, अबिर अलिकति पनि राख्नु हुन्न र रु’ अर्थको योे गीत नेवारी समाजमा फागु पर्वको चर्चित र सर्वाधिक लोकप्रिय गीत हो । नेवारी समुदायमा लोकप्रिय र प्रख्यात यस गीतले फागु अर्थात् होली पर्व महिला लक्षित चाडका रुपमा व्याख्या गर्दछ । त्यसैगरी झ्या दकंः तुँकंः मा, व हे ल्यासे जित मा, व ल्यासे मदेकः जा हे मनया अर्थात् ‘झ्याल भरी तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्न’ भन्ने बोलले पनि होली विशेषगरी महिला लक्षित चाड पर्व भएको पुष्टि हुन्छ ।

“सत्रौँ शताब्दीदेखी नै कृषि पेशामा संलग्न उपत्यकावासी वसन्त ऋतुको आगमनसँगै केही फुर्सदिला हुने र मानिस फुर्सदमा मनोरञ्जनतर्फ आकर्षित हुने तर तत्कालीन समयमा मनोरञ्जनको साधन कम भएकाले सुन्दरी युवतीको खोजमा निस्कने परम्पराको विकाससँगै फागुमा बढी यौनरसयुक्त सङ्गीत गुञ्जने गरेको हो”, संस्कृतिकर्मी राजोपाध्यायले भन्नुभयो । फागुमा यौन भावयुक्त गीत गाउने प्रचलन भए पनि फागु पर्व अश्लील पर्व भने नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “फागुलाई नितान्त सांस्कृतिक, विशुद्ध मनोरञ्जनपूर्ण र जीवन्त संस्कृतिका रुपमा लिनु पर्दछ ।” 

फागु पर्वले मानिसमा विद्यमान भेदभावको अन्त्यको सन्देश दिने उल्लेख गर्दै संस्कृतिकर्मी राजोपाध्यायले केटाकेटी, युवायुवती, सबै जातजाति फागुको रङ्गमा रङ्गिने र सबैले खुशीको रङ्ग साटासाट गर्ने भएकाले यो चाड समावेशी चाडसमेत भएको बताउनुभयो । युगौँदेखि मनाइँदै आएको हर्ष र उल्लासको पर्व फागुलाई अहिलेका युवापुस्ताले पर्वको महत्व बुझ्न नसक्दा समाजमा फागु पर्व सामाजिक विकृतिका रुपमा देखिन थालेको छ । उमेर, लिङ्ग र नाता सम्बन्धमा कुनै बाधा अड्चन नराखी रङ्गी–विरङ्गी रङ्ग एकआपसमा लगाएर वातावरणलाई नै रङगमय बनाई बडो हर्सोल्लासका साथ मनाइने फागु पर्वलाई युवापिँढीले गर्ने उच्छृंखल क्रियाकलापका कारण यो पर्व त्रासको पर्वका रुपमा परिणत भएको संस्कृतिकर्मीहरुको भनाइ छ । 

शास्त्रानुसार हिरण्यकश्यपु नामक राक्षसको छोरा प्रल्हाद असाध्यै विष्णुभक्त थिए । उनको विष्णुभक्तिले सारा राक्षसी साम्राज्य नै हल्लिन थालेपछि प्रल्हादलाई मार्न हिरण्यकश्यपुले अनेक हतकण्डा अपनाउँछन् । तर प्रल्हादलाई केही हुँदैन । हिरण्यकश्यपुकी बहिनी होलिकालाई उनको तपस्याबाट प्रशन्न भएर अग्निदेवले आगोले छुन नसक्ने वरदान दिएका थिए । यस्तैमा एक दिन हिरण्यकश्यपुले आफ्नी बहिनी होलिकालाई प्रयोग गरी विष्णुभक्त छोरा प्रल्हादलाई अग्निमा दहन गर्ने योजना बनाउँछन् । सो योजनाअनुसार होलिका प्रल्हादलाई काखमा राखी अग्निमा बस्दछिन् तर प्रल्हादको सच्चा भक्तिले गर्दा होलिकाको जलेर मृत्यु भएको तर भक्त प्रल्हादलाई आगोले छुन नसकेको खुशियालीमा होली पर्व मनाउन थालिएको कथन छ । (रासस, लक्ष्मी गारु)