४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

मानिसले बिना पीडा १ मिनेटमै आत्महत्या गर्न सक्ने

मानिसले बिना पीडा १ मिनेटमै आत्महत्या गर्न सक्ने
अ+ अ-

जुरिच । स्वीट्जरल्याण्डले कफिन आकारको एक मेसिनलाई कानूनी स्वीकृति दिएको छ । यो मेसिनको सहायताले मानिसले १ मिनेटमै बिना पीडा शान्तिपूर्वक मृत्युलाई अँगाल्न सक्नेछ। यो मेसिन बनाउने कम्पनीले यस्तो जानकारी दिएको हो । मेसिनभित्र अक्सिजनको स्तर निकै कम हुने भएकाले हाइपोक्सिया र हाइपोक्याप्नियाका कारण मानिसको मृत्यु हुने बताइएको छ ।

यो मेसिनलाई भित्र बसेर पनि चलाउन सकिन्छ । रोगका कारण बोल्न वा हिँडडुल गर्न नसक्ने बिरामीका लागि यो मेसिन उपयोगी छ । प्रयोगकर्ताले यो मेसिनलाई आफ्नो मनपर्ने ठाउँमा लैजानुपर्छ। त्यसपछि मेसिनको नष्ट हुन योग्य क्याप्सुल अलग हुन्छ ता कि यसलाई कफिनका रुपमा प्रयोग गर्न सकियोस् । सुसाइड मेसिन बनाउने विचार गैरनाफामूलक संस्था एग्जिट इन्टरनेशनलका निर्देशक तथा ‘डाक्टर डेथ’ भनिने डाक्टर फिलिप नित्स्केले दिएको बताइएको छ ।

डाक्टर डेथको चर्को आलोचना

स्वीट्जरल्याण्डमा सहयोग लिएर आत्महत्या गर्नु कानूनसम्मत छ । गत वर्ष एक हजार ३०० जनाले आत्महत्या गर्न यो सेवा प्रयोग गरेका थिए। डाक्टर डेथले अप्रत्याशित कठिनाइ नआए अर्को वर्ष सार्को मेसिन देशमा उपलब्ध गराउने बताए । ‘यो अहिलेसम्म धेरै महँगो परियोजना भएको छ तर हामी ढुक्क छौँ कि हामी यसको कार्यान्वयनको धेरै नजिक छौँ’, उनले भने । 

उता मानिसहरूले डाक्टर डेथको चर्को आलोचना पनि गरिरहेका छन् । मानिसहरुले उनको मेसिनमा प्रयोग गर्ने तरिकालाई गलत भनिरहेका छन् । उनीहरुका अनुसार यो ग्यास च्याम्बरजस्तै छ । कतिपयले भने यो मेसिनले आत्महत्यालाई प्रोत्साहन गर्ने बताएका छन् । हाल दुई सार्को प्रोटोटाइप तयार गरिएको छ। अब तेस्रो मेसिन बनाइँदैछ जुन अर्को वर्षसम्म तयार हुनेछ ।