१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको कृषि उत्पादन यो वर्ष दोब्बर हुने, तर कसरी ?



अ+ अ-

काठमाडौं । मुख्य खेतिपातीको सयममा वर्षाको अनुकूलता र प्राकृतिक प्रकोपले कृषिमा गर्ने क्षति कम हुँदा चालू आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन झण्डै दोब्बरले वृद्धि हुने भएको छ। सरकारले सोमबार संसदमा पेस गरेको आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन वृद्धिदर ५.१ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।

उत्पादन वृद्धिको मुख्य कारण भने प्रकृति अर्थात् मौसमको अनुकूलता हो। ‘आर्थिक वर्ष ०७५ /०७५ मा कृषि क्षेत्रको वृद्धिदर २.७ प्रतित रहेको थियो भने आर्थिक वर्ष ०७५/०७६ मा यस्तो वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान छ,’ प्रतिवेदनमा भनिएको छ ।

‘प्रमुख खाद्यान्नवाली तथा तरकार बालीमा भएको अभिवृद्धि, मल, बिउलगायत कृषि सामागीको उपलव्धता, सिंचाईमा विस्तार एवं अनुकूल मौसमका कारणले कृषि क्षेत्रको वृद्धिमा सहयोग पुगेको हो।’ यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।