१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीले किन भने- ‘ती जनता हैनन्, अपराधी हुन्’



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा एक अर्काबीच घोचपेच भएको छ । गृहमन्त्री रामबहादुर थापा, सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुबीच घोचपेच भएको हो । पछिल्लो शान्ति सुरक्षाको स्थितिको बारेमा गृहमन्त्रीले जवाफ दिइसकेपछि जवाफ चित्त नबुझेको भन्दै कांग्रेस सांसदहरुले पुनस् प्रश्न गरेका थिए ।

गृहमन्त्रीले आइतबारको घटनामा मृत्यु हुनेहरु सर्वसाधारण नागरिक नभएको र विप्लव नेतृत्वको माओवादी कार्यकर्ता नै भएको बताएपछि कांग्रेसका सांसदहरुले गृहमन्त्रीको विरोध गरेका थिए ।

‘ती सामान्य नागरिक होइनन् भन्ने नै भनाइ हो, ती घटना घटाउनेहरु हुन् भन्न खोजिएको हो’, गृहमन्त्रीले भन्नुभयो–दुई ठाउँकै घटनामा बम बनाउने क्रममा प्राविधिक त्रुटी भएकाले ज्यान गएको अहिलेसम्मको अनुसन्धानबाट पुष्टि भएको छ । ती व्यक्तिहरू गैह्र कानुनी र आपराधिक क्रियाकलापसँग सम्बन्धित नै थिए, त्यसैले हामी तिनीहरुलाई सामान्यतयाः जनता भन्दैनौ । ती सामान्य नागरिक होइनन्, त्यही रुपमा बुझ्न म अनुरोध गर्छु ।’ यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।