१६ असार २०८३, मंगलवार
,
Latest
संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राजदूतले सुरु गरे नेपालीसँग भिडियोमा ‘गफगाफ’



अ+ अ-

काठमाडौं । नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीले ‘राजदूतसँग गफगाफ’को पहिलो भिडियो सार्वजनिक गरेका छन्। अमेरिका पढ्न जान चाहने विद्यार्थीका लागि एक प्रश्नकर्ताको जवाफ दिएर उनले गफगाफ सुरु गरेका हुन्।

कूटनीतिज्ञले नेपाली समाजसँग प्रत्यक्ष अन्तरसंवाद गर्न लागेको समाचार आएपछि परराष्ट्र मन्त्रालयले गत साता राजदूत बेरीलाई स्पष्टीकरणमा बोलाएको थियो। स्रोतका अनुसार परराष्ट्र सचिव शंकर बैरागीले राजदूत बेरीलाई गफगाफ कार्यक्रममा ‘पुनर्विचार’ गर्न आग्रह गरेका थिए।

सोझै प्रश्नोत्तर गरिने कार्यक्रम रहेकाले राजदूत बेरीको कदम ‘कूटनीतिक मर्यादा परम्परा र मर्यादा बाहिर’ भनेर सामाजिक सञ्जालमा आलोचना भएको थियो। ‘प्रश्नकर्ताका सरोकार र जिज्ञासा अनेक हुनसक्छन्, त्यसमध्ये छनोट गरेर मात्र प्रश्नोत्तर सम्भव छ’, सोमबार राजदूत बेरीको पहिलो भिडियो सार्वजनिक भएलगत्तै दूतावासका एक अधिकारीले भने। परराष्ट्र मन्त्रालयका अधिकारीले राजदूतको गफगाफ सार्वजनिक भएको विषयमा प्रतिक्रिया दिन चाहेनन्। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।