१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतमै कुटिए नवलपुरका वकिल



अ+ अ-

काठमाडौं । पूर्वी नवलपरासीको जिल्ला अदालत परिसरभित्रै अधिवक्ता चेतनाथ डुम्रे कुटिएका छन्। सोमबार दिउँसो अदालतमा बहसका लागि जाँदै गरेको अधिवक्ता डुम्रेलाई गैडाकोट-८ का ५८ वर्षीय दुर्गा ढुंगानाले कुटपिट गरेको अधिवक्ता गणेश अधिकारीले जानकारी दिए।

डुम्रे बार एसोसिएसन नवलपरासीका पूर्व अध्यक्ष हुन्। जिल्ला बार एसोसिएसनका उपाध्यक्ष गणेश अधिकारीले एक विज्ञप्ति निकालेर अधिवक्ता डुम्रेमाथि हातपात गरेर दुर्व्यवहार गर्नेलाई कडा कारबाहीको माग गरेका छन्। हातपात गर्ने ढुंगाना नेकपाका स्थानीय नेता समेत हुन्। गाडी दुर्घटनासम्बन्धी मुद्दाको साक्षी बस्ने काममा ढुंगाना अदालत आएका थिए।

बार एसोसिएसनले अदालतको काम प्रभावित गर्न खोजेको र अभद्र व्यवहार गरेको आरोपमा ढुंगानाविरुद्ध मुद्दा दायर गर्ने भएको छ। जिल्ला अदालतमै वकिल कुटिएको यो पहिलो घटना हो। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।