१६ असार २०८३, मंगलवार
,
Latest
संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा क्षेत्रमा बढ्दै हिमखाडल



अ+ अ-

काठमाडौं । सगरमाथा आधारशिविरदेखि थुक्लासम्म फैलिएको खुम्बु ग्लेसियर ९हिमखाडल० बर्सेनि बढ्दै गएको छ। ७ हजार ६ सय मिटर लामो ग्लेसियर गहिरिने र भत्किने क्रम झनै बढेको हो । यसले सगरमाथा आधारशिविर जाने बाटो विगतको तुलनामा थप जोखिमयुक्त बन्दै गएको छ ।

ग्लेसियरबाट बग्दै आएको खोला गहिरिएपछि थुक्ला आसपासका पुरानो बाटो र अस्थायी पुल सबै बगिसकेका छन् । यात्रुहरू गोरक्सेप पुग्नुअघि ग्लेसियरले तानेको पहिरो छिचोलेर जानुपर्ने बाध्यता छ । ‘तलबाट ग्लेसियरको पानी बगिरहेको छ । माथिको ढुंगा टेकेर हिँड्नुपर्ने अवस्था छ,’ एक पथ प्रदर्शक लाक्पा लामाले भने, ‘जोखिम यस्तो छ कि पहिरो वा सानोतिनो भूकम्पमात्र गए पनि बाँच्ने अवस्था छैन।’

ग्लेसियरको चौडाइ बढ्दै गएपछि तीन वर्षअघि गोरक्सेपमा निर्माण गरिएको हेलिप्याड पहिराले लगिसकेको छ । अर्को हेलिप्याड निर्माण गरे पनि ग्लेसियरको पहिरो बस्तीको २० मिटर नजिक आइपुगिसकेको छ ।

‘गोरक्सेप, लोबुचे, थुक्ला तीनैवटा बस्ती जोखिममा छन्,’ स्थानीय पासाङ शेर्पाले भने, ‘त्योभन्दा तलका बस्तीलाई पनि बिस्तारै असर पुर्‍याउने स्थिति छ ।’ ग्लेसियरको आकार र गहिराइसँगै लम्बाइ पनि बढ्दै जानुको प्रमुख कारण हिउँ पग्लिने क्रम बढेको शेर्पा तथा आरोहीको भनाइ छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।