१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

बाघ र अर्नाको सङ्ख्यामा दोब्बरले वृद्धि

बाघ र अर्नाको सङ्ख्यामा दोब्बरले वृद्धि
अ अ+ अ-

काठमाडौं । विगत डेढ दशकमा बाघ र अर्नाको सङ्ख्यामा लगभग दोब्बरले वृद्धि भई बाघको सङ्ख्या हाल २३५ र अर्नाको सङ्ख्या ४४२ पुगेको छ । आर्थिक वर्ष २०७५÷७६ को आठ महीनाको आर्थिक सर्वेक्षणअनुसार सन् २००० मा ६१२ गैँडा रहेकामा सन् २०१४ मा ६४५ पुगेको छ ।

सन् २०१२ मा २८५ कृष्णसार रहेकामा सन १०१३ मा ३०० पुगेको भए पनि त्यसपश्चात् क्रमशः घट्दै गई सन् २०१६ मा २५२ मा सीमित भएको सर्वेक्षणमा जनाइएको छ । त्यस्तै सन् २०११ मा १०२ घडियाल रहेकामा सन् २०१८ मा यो सङ्ख्या २१९ रहेको छ ।

सबैभन्दा बढी वन कर्णालीमा

प्रदेशगत वन क्षेत्रमध्ये सबैभन्दा बढी कर्णालीमा छ भने सबैभन्दा कम प्रदेश नं २ मा रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । संरक्षित वन क्षेत्रमध्ये सबैभन्दा बढी ४५ दशमलव आठ गण्डकी प्रदेशमा र सबैभन्दा कम १० दशमलव पाँच प्रतिशत प्रदेश नं २ मा छ ।

संरक्षित क्षेत्रमा भ्रमण गर्ने आन्तरिक र बाह्य पर्यटक र राजश्व परिचालन विगत दशकमा क्रमशः वृद्धि भएको छ । आव २०६६/६७ मा तीन लाख ८१ हजार पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेकोमा आव २०७४/७५ मा छ लाख ९९ हजार पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए ।

यस अवधिमा राजश्व परिचालन रु १४ रु करोडबाट उल्लेखनीय वृद्धि भई रु ७१ रु करोड पुगेको छ । चालू आवको आठ महीनामा चार लाख ४० हजार पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेको र यसबाट रु ३९ दशमलव दुई करोड राजश्व सङ्कलन भएको सर्वेक्षणमा उल्लेख छ ।

प्रतिव्यक्ति शून्य दशमलव दुई हेक्टर वन क्षेत्र

सर्वेक्षणअनुसार नेपालमा प्रतिव्यक्ति शून्य दशमलव दुई हेक्टर वन क्षेत्र र १११ रुख पर्छ भने विश्वमा प्रति व्यक्ति शून्य दशमलव छ हेक्टर र ४२२ रुखहरु पर्छ ।

चीन तथा दक्षिण एशियाली मुलुकको वन क्षेत्र हेर्दा कूल वन क्षेत्रको १८ दशमलव छ प्रतिशत वन क्षेत्र रहेको छ । दक्षिण एशियाली मुलुकममध्ये सबैभन्दा बढी वन क्षेत्र भुटानको ७२ दशमलव पाँच प्रतिशत रहेको छ भने सबैभन्दा कम पाकिस्तानको एक दशमलव नौ प्रतिशत रहेको छ ।

सरकारले नेपालका वनस्पतिको पहिचान, व्यवस्थापन तथा स्वस्थानीय र परस्थानीय संरक्षण, अध्ययन तथा अनुसन्धान र अभिलेखीकरणको कार्य अघि बढाएको छ । गत फागुनसम्म छ हजार ७०० हर्वेरियम नमूनाको डिजिटलमा राखिएको सर्वेक्षणमा जनाइएको छ ।