५ आश्विन २०८१, शनिबार
,
Latest
मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाघ र अर्नाको सङ्ख्यामा दोब्बरले वृद्धि



अ+ अ-

काठमाडौं । विगत डेढ दशकमा बाघ र अर्नाको सङ्ख्यामा लगभग दोब्बरले वृद्धि भई बाघको सङ्ख्या हाल २३५ र अर्नाको सङ्ख्या ४४२ पुगेको छ । आर्थिक वर्ष २०७५÷७६ को आठ महीनाको आर्थिक सर्वेक्षणअनुसार सन् २००० मा ६१२ गैँडा रहेकामा सन् २०१४ मा ६४५ पुगेको छ ।

सन् २०१२ मा २८५ कृष्णसार रहेकामा सन १०१३ मा ३०० पुगेको भए पनि त्यसपश्चात् क्रमशः घट्दै गई सन् २०१६ मा २५२ मा सीमित भएको सर्वेक्षणमा जनाइएको छ । त्यस्तै सन् २०११ मा १०२ घडियाल रहेकामा सन् २०१८ मा यो सङ्ख्या २१९ रहेको छ ।

सबैभन्दा बढी वन कर्णालीमा

प्रदेशगत वन क्षेत्रमध्ये सबैभन्दा बढी कर्णालीमा छ भने सबैभन्दा कम प्रदेश नं २ मा रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । संरक्षित वन क्षेत्रमध्ये सबैभन्दा बढी ४५ दशमलव आठ गण्डकी प्रदेशमा र सबैभन्दा कम १० दशमलव पाँच प्रतिशत प्रदेश नं २ मा छ ।

संरक्षित क्षेत्रमा भ्रमण गर्ने आन्तरिक र बाह्य पर्यटक र राजश्व परिचालन विगत दशकमा क्रमशः वृद्धि भएको छ । आव २०६६/६७ मा तीन लाख ८१ हजार पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेकोमा आव २०७४/७५ मा छ लाख ९९ हजार पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए ।

यस अवधिमा राजश्व परिचालन रु १४ रु करोडबाट उल्लेखनीय वृद्धि भई रु ७१ रु करोड पुगेको छ । चालू आवको आठ महीनामा चार लाख ४० हजार पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेको र यसबाट रु ३९ दशमलव दुई करोड राजश्व सङ्कलन भएको सर्वेक्षणमा उल्लेख छ ।

प्रतिव्यक्ति शून्य दशमलव दुई हेक्टर वन क्षेत्र

सर्वेक्षणअनुसार नेपालमा प्रतिव्यक्ति शून्य दशमलव दुई हेक्टर वन क्षेत्र र १११ रुख पर्छ भने विश्वमा प्रति व्यक्ति शून्य दशमलव छ हेक्टर र ४२२ रुखहरु पर्छ ।

चीन तथा दक्षिण एशियाली मुलुकको वन क्षेत्र हेर्दा कूल वन क्षेत्रको १८ दशमलव छ प्रतिशत वन क्षेत्र रहेको छ । दक्षिण एशियाली मुलुकममध्ये सबैभन्दा बढी वन क्षेत्र भुटानको ७२ दशमलव पाँच प्रतिशत रहेको छ भने सबैभन्दा कम पाकिस्तानको एक दशमलव नौ प्रतिशत रहेको छ ।

सरकारले नेपालका वनस्पतिको पहिचान, व्यवस्थापन तथा स्वस्थानीय र परस्थानीय संरक्षण, अध्ययन तथा अनुसन्धान र अभिलेखीकरणको कार्य अघि बढाएको छ । गत फागुनसम्म छ हजार ७०० हर्वेरियम नमूनाको डिजिटलमा राखिएको सर्वेक्षणमा जनाइएको छ ।