२३ असार २०८३, मंगलवार
,
Latest
विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी नेप्से परिसूचक २४.५७ अङ्कले बढ्यो प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार भूकम्पपीडितको आवास पुनःनिर्माणका लागि ५ अर्ब सुनिश्चित, गृह प्रशासनलाई सुशासनको आधार बनाइने अर्थमन्त्रीको दाबीः सरकारले सय दिनमा अभुतपूर्व काम गरेको छ लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ)
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविले अनैतिक र भ्रष्टाचारजन्य काम गरेका हुन् : शंकर पोखरेल



file
अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न कम्पनीको साझेदारको हैसियतले रवि लामिछाने पनि सहकारी ठग भएको बताउनुभएको छ ।

प्रेस चौतारी दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले गोर्खा मिडियाका साझेदार भएकोले त्यसले गरेको सहकारी ठगीको घटनाबाट लामिछाने उम्किन नमिल्ने बताउनुभयो ।

गोरखा मिडिया प्रालिमा रविले बिना लगानी १५ प्रतिशत शेयर भएको स्वीकार गर्नु नै भ्रष्टाचार भएको उहाँको दाबी छ । लगानीबिना शेयर धनी बन्न पाउने नेपालको कानुनले परिकल्पना नै नगरेको उहाँले दाबी गर्नुभयो । ‘बिना लगानीको साझेदार बन्नुभएको, त्यही काम अन्य राजनीतिज्ञले गरे भने के हुन्छ ? आफूले लगानी नगर्ने तर १५ प्रतिशत शेयर प्राप्त गर्ने कुरा आफैँमा अनैतिक र भ्रष्टाचार हो’पोखरेलले प्रश्न गर्नुभयो ।

बिना लगानी साझेदारी प्राप्त गर्ने कुरा अनैतिक कुरा भएको उहाँले बताउनुभयो । ‘म असाधारण क्षमताको मान्छे मलाई सित्तैँमा दिए, मैले लिइदिएँ भन्ने कुरा कानुनले मान्दैन’, पोखरेलले भन्नुभयो ।
सहकारीको सदस्य नभएको गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा हालेर लामिछानेले अनुचित काम गरेको उहाँले दाबी गर्नुभयो । ‘

सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानुनी हो, रविले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेका छन्’, उहाँले भन्नुभयो ।