१६ भाद्र २०८३, मंगलवार
,
Latest
पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल



अ+ अ-

काठमाडौँ । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले मुलुकमा बेइमानहरु बढ्दै गएको बताउनुभएको छ ।

शनिवार नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको बेरुजु फछ्र्यौट सम्बन्धि कार्यशाला गोष्ठिमा बोल्दै सभापति पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले सबै प्रमाण र तथ्य हुँदा समेत कारबाही गर्न बहुमतको कारण नसक्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले अहिले मुलुकमा बेइमानहरुको बहुमत भएको उल्लेख गर्दै प्रमाण,कागज र कानून स्पष्ट हुँदा पनि केही गर्न नसक्ने अवस्था आएको बताउनु भयो । उहाँले टेलिभिजनमा क्रान्तिकारी कुरा गर्ने र भित्र गएर निर्णय गरिस् भने तेरो व्यवस्था गर्छु भन्ने चेतावनी दिने गरेको बताउनु भयो ।

उहाँले बेरुजु राख्ने सरकारी निकायका जिम्मेवार अधिकारीको घर खेतबाट बेरुजु असुल उपर गर्नुपर्ने बताउनु भयो । उहाँले कुनै एक जना मन्त्रालय मातहतको विभागको महानिर्देशकले टेण्डर,ठेक्का लगाउँछ, सूचना निकाल्ने,टेण्डर स्वीकृत गर्ने,मूल्याङकन गर्ने, कामको रेखदेख गर्ने,मूल्याङ्कन गरेर प्रतिवेदन बनाउने, स्वीकृत गर्ने,चेक काट्ने आफैँ गर्ने र बेरुजु निर्माण व्यवसायीको बनाउने काम गलत भएको बताउनु भयो ।

उहाँले सबै काम संस्थाको अधिकारप्राप्त व्यक्तिले गर्ने अनि बेरुजु आएपछि निर्माण व्यवसायीको ठाउँकोमा राख्ने कामले देश सुधार गर्ने नसकिने बताउनु भयो । उहाँले जसका नाममा चेक काटेको छ त्यसको नाममा बेरुजु हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘बेरुजु राख्ने जिम्मेवार अधिकारीको घर खेतबाट बेरुजु असुल उपर गर्नुपर्छ । मेरो बुझाई फरक छ । यो ठाउँमा पुग्नुपर्छ भन्ने हो । कुनै एक जना मन्त्रालयको महानिर्देशकले टेण्डर गर्छ । ठेक्का लगाउँछ । तर सूचना निकाल्ने,टेण्डर स्वीकृत गर्ने,मूल्याङ्कन गर्ने, कामको रेखदेख गर्ने,मूल्याङ्कन गरेर प्रतिवेदन बनाउने, स्वीकृत गर्ने,चेक काट्ने आफैँ अनि बेरुजु निर्माण व्यवसायीको कसरी हुन्छ ।

यो बेइमानी हो । सबै काम संस्थाको अधिकारप्राप्त व्यक्तिले गर्ने अनि बेरुजु आएपछि निर्माण व्यवसायीको कसरी हुन्छ । देश सुधार गर्ने हो भने जसका नाममा चेक काटेको छ त्यसको नाममा बेरुजु हुनुपर्छ ।

यो हिसावबाट मुलुक नबदल्ने हो भने परम्परागत रुपमा बस्ने हो भने केही पनि गर्न सकिँदैन । अहिले मुलुकमा बेइमानहरुको बहुमत भएको छ । प्रमाण छ,कागज छन्,कानून छ । स्पष्ट छ । टेलिभिजनमा क्रान्तिकारी कुरा गर्छ र भित्र गएर निर्णय गरिस् भने तेरो व्यवस्था गर्छु भन्छ । श्रम परीक्षण गर्न बेरुजुको समितिले निर्णय गर्न पर्दैन ।’

नेपाली काँग्रेसका सांसद राजन केसीले पनि सरकारी निकायका प्रमुख र जिम्मेवार पदाधिकारीको गैरजिम्मेवारीको कारण बेरुजु आउने गरेको बताउनु भयो ।

उहाँले निर्माण व्यवसायीहरुको कारण सरकारी निकायहरुमा बेरुजु नपाउने उल्लेख गर्नुभयो । उहाँले सरकारी निकायका प्रमुखले नियम कानून कर्डाई गर्ने हो भने बेरुजु कम हुने बताउनु भयो ।

उहाँले बेरुजु राख्ने,बेरुजु देखाउने र जनताको करको रक्षा गर्ने काम लेखा समितिको भएको बताउनु भयो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बेरुजुको प्रभाव निर्माण व्यवसायीहरुको ठूलो रहेको बताउनु भयो ।

उहाँले बेरुजु सरकारी निकायले सबै काम गरेर व्यवसायीहरुको नाममा बेरुजु बनाएर समस्या भएको बताउनु भयो । उहाँले सरकारी निकायहरुबीच समन्वयको अभाव खड्कीएको बताउनु भयो ।

उहाँले सबैले अधिकारको सीमाभित्र मात्रै रहेर काम गरेको तर दायित्व निर्वाह गरेको नदेखिएको बताउनु भयो । उहाँले बेरुजु बेरुजु नै भए हरेक वर्ष किन दोहोरिरहन्छ ? भन्दै प्रश्न गर्नुभयो ।