१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप : प्रदेश ३ सँग गण्डकी पराजित, कप्तान पारस खड्काले ४ विकेट लिए



अ+ अ-

काठमाडौं । प्रदेश ३ ले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदेश तीनले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा आज भएको खेलमा १०९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश ३ ले २२.२ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो ।

प्रदेश ३ का लागि आदिल खानले अविजित ३८ रन बनाए भने इशान पाण्डे २६ रनमा नटआउट रहे । त्यस्त ैरित गौतमले २० र रविन जोशी ११ बनाए । बलिङतर्फ किशोर महत्तोले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ३०.१ ओभरमा सबै विकेटको क्षतिमा १०८ रन मात्रै बनाएको थियो । गण्डकीका लागि सुमा घिमिरेले ३४, आकास थापाले २८ र राहुल शर्माले १२ रन बनाएका थिए ।

बलिङतर्फ कप्तान पारस खड्का र सूर्य तामाङले समान ४–४ विकेट लिए । त्यस्तै, दुई विकेट भने नन्दन यादवको नाममा रह्यो ।