६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप : प्रदेश ३ सँग गण्डकी पराजित, कप्तान पारस खड्काले ४ विकेट लिए



अ+ अ-

काठमाडौं । प्रदेश ३ ले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदेश तीनले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा आज भएको खेलमा १०९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश ३ ले २२.२ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो ।

प्रदेश ३ का लागि आदिल खानले अविजित ३८ रन बनाए भने इशान पाण्डे २६ रनमा नटआउट रहे । त्यस्त ैरित गौतमले २० र रविन जोशी ११ बनाए । बलिङतर्फ किशोर महत्तोले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ३०.१ ओभरमा सबै विकेटको क्षतिमा १०८ रन मात्रै बनाएको थियो । गण्डकीका लागि सुमा घिमिरेले ३४, आकास थापाले २८ र राहुल शर्माले १२ रन बनाएका थिए ।

बलिङतर्फ कप्तान पारस खड्का र सूर्य तामाङले समान ४–४ विकेट लिए । त्यस्तै, दुई विकेट भने नन्दन यादवको नाममा रह्यो ।