५ आश्विन २०८१, शनिबार
,
Latest
एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा मोटरसाइकल चोरी गर्दै हिड्ने ६ पक्राउ



अ+ अ-

भक्तपुर । भक्तपुर प्रहरीले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।

मोटरसाइकल चोरीमा पक्राउ पर्नेमा रामेछाप सुनापति गाउँपालिका–६ घर भई हाल बौद्ध काठमाडौं बस्ने २९ वर्षीय विजय मानन्धर, ओखलढुंगा चम्पादेवी गाउँपालिका–५ घर भई बौद्ध जोरपाटी बस्ने १९ वर्षीय प्रविन बरुवाल, ओखलढुंगा सुनकोशी गाउँपालिका–३ का २७ वर्षीय प्रेमबहादुर कटवाल, खोटाङ खोटेहाङ गाउँपालिका–९ घर भई त्रियुगा नगरपालिका–३ बस्ने ३३ वर्षीय सुरेश राई, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ का ३१ वर्षीय उमेश तामाङ र ओखलढुंगा सुनकोशी गाउँपालिका–२ का २२ वर्षीय भिजन कार्की रहेका छन् ।

वास्तविक नम्बर फेर्दै नयाँ राख्दै
सूर्यविनायक नगरपालिका वडा नं. ५ सल्लाघारीबाट विजय मानन्धर र प्रविन बरुवालको साथबाट वास्तविक नम्बर प्रदेश ३–००२–००४ प ६४७१ परिवर्तित नम्बर बा ९८ प ७३९४  बरामद भएको छ । 

महानगरीय प्रहरी वृत्त वौद्ध काठमाडौसँग समन्वय गरी बरुवालको डेरा कोठामा राखिएको वास्तविक नम्वर बा ९८ प ५५१३ परिवर्तित नम्बर प्रदेश ३–०२–००३ प ४३८६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगासँग समन्वय गरी  प्रेम बहादुर कटवालले प्रयोग गर्दै आएको वास्तविक नम्बर प्रदेश नं. ३–०२–००१ प ७४७९ परिवर्तित नम्बर प्रदेश ३–०२–००२ प २६३८ बरामद गरेको छ । 
जिल्ला प्रहरी कार्यालय उदयपुरपुर संग समन्वय गरी प्रतिवादी सुरेश राईले प्रयोग गर्दै आएको वास्तविक नम्बर ग १५ प १८९८  परिवर्तित नम्बर बा ९८ प ७९६३ बनाएको मोटरसाइकल सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएका छन् । 

बा.८०.प. ४५४१ नं. को मोटरसाई सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. वडा नं. ५ बाट नं. परिबर्तन गरी बा. ७८ प. ५१६६ नं. बनाई उमेश तामाङले चलाईरहेको अवस्थामा पक्राउ परेका छन् ।


बा.९५.प. ९३८६ नम्बरको मोटरसाईकल जिल्ला ओखलढुंगा सिद्धिचरण न.पा. वडा नं. ११ बाट उक्त मोटरसाईकलको नं. परिवर्तन गरी बा. ९९ प. ३३७४ बनाई भिजन कार्कीले चलाईरहेको अवस्थामा पक्राउ परेको हुन् । 


यसबारेमा थप अनुसन्धान कार्य भई रहेको र मोटरसाईकल चोरी गरी बिक्रीवितरण गर्ने अन्य फरार व्यक्तिको खोजतलास भईरहेको समेत प्रनाउ पोखरेलले बताए ।