१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा खोलाको मुहानैदेखि अतिक्रमण



अ+ अ-

काठमाडौं । चाबहिलबाट बसुन्धरा जाँदा बीचमा बसुन्धरा पुल छ । जसले टोखा नगरपालिका वडा नं ५ र काठमाडौँ नगरपालिका वडा नं ३ लाई छुट्याएको छ । टोखातर्फ हेर्दा सडक छन्, तर महानगरपालिकातर्फ हेर्दा अलिक फराकिलो ढलझै संरचना देखिन्छ ।

त्यही हो सामाखुसी खोला । टोखापट्टि छोपिएकाले खोला बिलाएको हो । त्यसभन्दा मास्तिर खोलाको भाग झनै साँघुरिएको छ । महानगरपालिकातर्फ पनि बिस्तारै खोला छोप्ने क्रम बढिरहेको छ । विद्युत् प्राधिकरण महाराजगन्ज शाखा पनि खोला छेवैमा पार्किङ राखेर बसिरहेको छ ।

अहिले यो खोलाको जन्म हुन्छ न्युरो अस्पताल नजिकबाट । ‘पहिला शिवपुरीको जंगलबाट आउँथ्यो, अहिले त पूरै ढल भइसक्यो पानी नै छैन ।’ टोखा वडा नं ५ का अध्यक्ष जगन्नाथ ढकाल भन्छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।