१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

जथाभावी बीउ वितरण तथा बिक्री गरेमा कारबाही हुने



अ+ अ-

काठमाडौं । तपाई जथाभावी बीउ विजन वितरण तथा बिक्री त गरिरहनुभएको छैन ? कतै सम्बन्धित निकायको सिफारिस नै नलिई गुणस्तर जाँच गर्दै त हुनुहुन्न ? हो त्यसैले अब ख्याल गर्नुहोला, सरकारले यस्तो कार्य गर्ने कडा कानुनी कारवाही हुने विधेयक तयार पारेको छ ।

बीउ विजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता भइसकेको छ । उक्त ऐन सोही साल कार्तिक १० गते तत्कालीन राजा बीरेन्द्रले जारी गरेका थिए । उक्त ऐन २०६४ साल माघ १० गते पहिलोपटक संशोधन भएको उक्त ऐनमा गलत काम गर्नेलाई जरीवानाको व्यवस्था भए पनि कैद राख्ने भन्ने थिएन तर अहिलेको संशोधनमा कैद सजाय थपिएको छ ।

उक्त विधेयकमा अनुमति नलिई बीउ विजन प्रयोगशाला सञ्चालन गरेमा ५० हजार रुपिँयासम्म जरिवाना हुने व्यवस्थाको सट्टा ५० हजारदेखि १ लाख रुपिँयासम्म जरिवाना वा १ महिनादेखि ३ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने प्रावधान राखिएको छ ।

अनुमति नलिई बीउ विजन बिक्री वितरण गरे वा गराएमा १० हजारदेखि २० हजार रुपियाँसम्म जरिवाना भनिएको ठाउँमा ५० हजारदेखि १ लाख रुपिँयासम्म जरिवाना वा १ महिनादेखि ३ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।